२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सामान्य कामदार सरह नै नेपाली सुरक्षा गार्ड मलेसिया जान पाउने, अरु कामदार सरह नै सुविधा पाउने

होम कार्की

काठमाडौँ — मलेसियाले गत कार्तिक १२ गते भएको श्रम समझदारी अनुसार नै नेपाली सुरक्षा गार्डलाई पनि लैजाने सहमति गरेको छ । नेपाली सुरक्षा गार्डको लागि ‘विशेष श्रम समझदारी’ नगरी सामान्य कामदार सरह नै ल्याउन मलेसिया सहमत भएको हो ।

सामान्य कामदार सरह नै नेपाली सुरक्षा गार्ड मलेसिया जान पाउने, अरु कामदार सरह नै सुविधा पाउने

नेपाल र मलेसियाबीच पुत्राजयमा बिहीबार सम्पन्न संयुक्त कार्यदल समुहको बैठकमा यस्तो सहमति भएको हो । मलेसियाले नेपालबाट मात्रै सुरक्षा गार्ड लैजाने गरेको छ । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसियामा झन्डै ४० हजार नेपाली कामदार कार्यरत छन् ।


‘अब मलेसियामा आउने सुरक्षा गार्डले पाउने न्युनतम तलब ११ सय रिंगेट पाउने भएको छ । मलेसियाको श्रम कानुनबाट पाउने सबै सुविधाहरु पाउनेछन्,’ मलेसियास्थित नेपाली राजदूत उदयराज पाण्डेले भने, ‘यसअघि सुरक्षा गार्डहरुले पाउने तलब निश्चित थिएन । जे पायो त्यही थियो । कुनै हिसाब थिएन ।’


पाण्डेले सुरक्षा गार्ड पनि शुन्य लागतमा आउने बाटो खुलेको बताए । कल्याणकारी कोष, बिमा, राहदानी र अभिमुखीकरण तालिको लागि कामदारले बढीमा ५०५ रिङगेट लाग्ने भएको छ ।

प्रकाशित : भाद्र २६, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?