कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

एनआरएनए केन्यामा डुम्रे

काठमाडौँ — गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्‌, केन्याको चौथो राष्ट्रिय महाधिवेशनले सुरज डुम्रेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

एनआरएनए केन्यामा डुम्रे

उपाध्यक्ष शिव लाल, महासचिव टीका धिताल, सचिव लक्ष्मी ब्लोन, कोषाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, महिला संयोजक कुमारी जिसी, युवा संयोजक कमलराज अधिकारी चयन भएका छन् ।


सदस्यहरु डा. सीताराम घिमिरे, इन्जिनियर बरुण शुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तामाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे रहेका मुख्य निर्वाचन अधिकृत नारायण भट्टाराईले बताए । संरक्षक ईन्जिनियर कुलबहादुर कार्की, नारायण भट्टराई र उदय हाडा छन् ।


सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरे चयन भएका छन् । केन्यामा झन्डै ५ सय नेपाली कार्यरत छन् ।


प्रकाशित : भाद्र २५, २०७६ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?