चीनमा एनआरएन नेतृत्व निर्विरोध

लक्ष्मी लम्साल

बेइजिङ — गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनको शनिबार क्वाङ्चौमा सम्पन्न छैठौं राष्ट्रिय महाधिवेशनले प्रदीप न्यौपानेको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। निर्विरोध निर्वाचित कार्यसमितिको उपध्यक्षमा सुशील बेल्बासे र खुश्बु अग्रवाल छानिएका छन्।

चीनमा एनआरएन नेतृत्व निर्विरोध

संघको महासचिवमा यमबहादुर क्षेत्री (ओम), सचिव तीर्थ पौड्याल र मुकेश श्रेष्ठ, कोषाध्यक्ष रन्जिता आचार्य, सहकोषाध्यक्ष बलराम तामाङ (लामा), महिला संयोजक सविता बर्तौला, युवा संयोजक सूरज न्यौपाने चयन भएका छन्।


संघका सदस्यहरूमा तुलसी न्यौपाने, संदीप खनाल, यादव अर्याल, विजयकुमार श्रेष्ठ, विशाल श्रेष्ठ, मिर्जा राशिद वेग, मोहन मैनाली, नवराज तिमल्सिना र प्रदीप सिंह रहेका छन्। समितिमा एकजना अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य आईसीसी सदस्यमा नविन बि.क.निर्वाचित भएका छन्। महाधिवेशनले अमृता थापा कञ्चनलाई एसिया प्रशान्त क्षेत्रीय सहसंयोजक महिला (डिआरसी)मा उम्मेदवारीका लागि पठाउने भएको छ।


कान्तिपुरसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष न्यौपानेले विगतमा अलपत्र परेको संस्थालाई पुनः नयाँ उर्जाका साथ अघि बढाउने बताए। दुई वर्ष अघि सन् २०१७ को कार्यसमितिले नयाँ समिति चयन गर्न नसकेपछि अन्तर्राष्ट्रिय समन्वय परिषद्ले सुदेशकुमार झाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो।


महाधिवेशनको उद्घाटनमा सहभागी भएका बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर एवं डेप्युटी चिफ अफ मिसन सुशील कुमार लम्सालले गैरआवासीय नेपालीहरूले देशको विकासका लागि योगदान गर्न सुझाव दिए।


चीनमा रहेको नेपाली संघले विश्वव्यापी सञ्जाल, शिक्षा र लगानीमा केन्द्रित भएर नेपाली प्रतिभा र विशेषज्ञता प्रयोग गरी देश विकासका लागि बहसहरू चलाउनुपर्ने बताए।


कार्यक्रममा क्वाङ्चौस्थित महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्यदूत कुन्जन शाह, गैरआवासीय नेपाली संघ हङकङकी अध्यक्ष टीका गुरूङ लगायतको सहभागिता थियो।

प्रकाशित : भाद्र २३, २०७६ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?