एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई सर्वसम्मत

श्रमिक कल्याणकारी कोषमा ५० हजार रिंगिट दिने घोषणा

क्वालालम्पुर — गैरआवासीय नेपाली संघ मलेसियाको अध्यक्षमा हरि भट्टराई चयन भएका छन् । आइतबार सम्पन्न संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

एनआरएन मलेसियाको अध्यक्षमा भट्टराई सर्वसम्मत

समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले (सुन्दर), उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्षमा शुभद्रा लिंग्देन, महासचिवमा हेमराज सापकोटा, सचिवहरुमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याक्खालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ अनिलकुमार चौधरी, अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउँद, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईँ, ईन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल, ईन्द्रबहादुर कुँवर माधवप्रसाद भुषाल र केशवकान्त झा सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

साथै अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा चुनिएका छन् । मलेसियास्थित संघको राष्ट्रिय परिषद्को गत २००८ मा स्थापना भएयता सर्वसम्मतः कार्यसमिति चयन हुँदै आएको छ । संघका मलेसियामा करिब तीन हजार सदस्य छन् ।

यसैबीच अध्यक्षमा चयन भए लगत्तै भट्टराईले मलेसियामा आपत्मा पर्ने नेपाली श्रमिकहरुको उद्धार एवं सहयोगका लागि ५० हजार रिंगिट (करिब १३ लाख ५० हजार रुपैंया) श्रमिक कल्याणकारी कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।

परिषद्ले यसअघि नै संचालन गर्दै आएको उक्त कोषको रकम अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्दार एवं सहयोगमा खर्च हुनेछ । अध्यक्ष भट्टराईले आफूले मातृभूमिको विकासका लागि मलेसियाबाट संघलाई अझै बलियो र श्रमिकमुखी बनाउने बताए ।

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य लगायत केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

संघको आयोजनामा आइतबार साँझ तीज कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु गायक हेमन्त शर्मा, नायिका तथा गायिका एलिना रायमाझी, गायिकाद्धय तुलसा क्षेत्री, शोभा त्रिपाठी, करिश्मा ढकाल र नरेश भट्टराई लगायत स्थानीय श्रमिक नेपाली कलाकारहरु समेतले तीज विशेष प्रस्तुति दिएका थिए । कार्यक्रममा मलेसियामा क्रियाशील नेपाली समुदायको सहभागिता थियो ।

प्रकाशित : भाद्र १६, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?