कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एनआरएनए कतारमा मुक्तदा निर्वाचित

काठमाडौँ — गैरआवासीय नेपाली संघ(एनआरएनए) कतारको आठौं महाधिवेशनले कपिलवस्तुका मुक्तदा मुसलमान अध्यक्ष पदमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी तेज कटुवाललाई ९ सय ४६ मत अन्तरले पराजित गर्दै उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । मुक्तदाले दुई हजार ६६ सय मत प्राप्त गरेका थिए । 

एनआरएनए कतारमा मुक्तदा निर्वाचित

प्रथम उपाध्यक्षमा उत्तम गुरुङ, द्वितीय उपाध्यक्षमा कुमार खड्का निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल र्निविरोध निर्वाचित भएकी छन् । महासचिवमा पदम गिरी, सचिवद्वयमा नेत्रकुमार भुजेल र अफसरअली खान, कोषाध्यक्षमा विनोदप्रसाद बसौला, सह-कोषाध्यक्षमा मोहम्मद तानविर मोहम, युवा संयोजकमा रविन मगर निर्वाचित भएका छन् । महिला संयोजकमा अम्बिका खत्री र्निविरोध निर्वाचित भइन् ।


कार्यसमिति सदस्यमा क्रमशः गजेन्द्र राई, सुनिलकुमार घिमिरे, केशवराज कार्की, ओमबहादुर क्षेत्री, केशवप्रसाद खनाल, गोपाल खतिवडा, नरेश श्रेष्ठ, राजु राई, ज्वाला शाही, झबिन्द्र आचार्य, घनश्याम जैशी, बालकृष्ण न्यौपाने, अवधेश कुमार मन्डल, अब्दुल खालिक शेख, सेवक बिक, सञ्जय राजक, शेख अब्दुल राजिक र मो सकिल अहमद निर्वाचित भए । लेखा संयोजकमा मुख्तार आलम र लेखा समिति सदस्यमा पुरुशोत्तम लामिछाने र कबिन्द्र कँडेल निर्वाचित भएका छन् ।


कतारलाई प्रतिनिधित्व गरी गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय समितिको सदस्यमा भने सबैभन्दा बढी मत ल्याएर रमेश भट्ट, होमनाथ शर्मा , युवराज शर्मा र केवी हमाल निर्वाचित भएका छन् ।

प्रकाशित : भाद्र १०, २०७६ १६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?