कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

विदेशमा तीज रौनक

नारायण खड्का

(अस्ट्रेलिया) — हिन्दु महिलाहरूको चाड तीज आउनुभन्दा झन्डै एक महिना अघिदेखि नै अस्ट्रेलियामा यसको रौनक छाइसकेको छ । अहिलेसम्म यहाँका विभिन्न सहरमा दर्जनबढी तीज कार्यक्रम भइसकेका छन् भने अझै दर्जनौं हुँदै छन् । 

विदेशमा तीज रौनक

तीज मनाउन करिब एक दर्जन कलाकार अस्ट्रेलिया आइसकेका छन् भने त्यति नै संख्यामा आउने तरखरमा छन् । विभिन्न सहरमा आयोजना भइरहेका तीज कार्यक्रममा प्रस्तुति दिन नेपालबाट कलाकारहरू कुलेन्द्र बिक, सन्दीप न्यौपाने, चन्दा अर्याल, टीका प्रसार्इं, सुनीता दुलाल, राजाराजेन्द्र पोखरेल, अञ्जली अधिकारी आइसकेका छन् । त्यसैगरी, अञ्जु पन्त, नायिका आँचल शर्मा, प्रकाश सपूत, प्रीति आले, बद्री पंगेनीलगायत कलाकार आउने क्रममा छन् । यस वर्ष सिड्नीमा मात्रै ३२ वटा तीज कार्यक्रम आयोजना हुँदै छन् । यसका साथै मेलबर्न, ब्रिसबेन, एडिलेडलगायत सहरमा सातैपिच्छे तीज कार्यक्रम गरिएका छन् । ‘पछिल्लो समय विदेशमा रहेका नेपाली समुदायलाई लक्षित गरी तीज कार्यक्रम आयोजना गर्न थालिएको छ,’ केही दिनअघि मात्र आधा दर्जन कलाकार बोलाएर कार्यक्रम गरेका विष्णु सापकोटाले भने ।


अस्ट्रेलियामा एक लाख २० हजारभन्दा बढी नेपाली रहेका छन् । यस वर्ष अस्ट्रेलियामा विगतका वर्षहरूको तुलनामा दोब्बर संख्यामा तीज कार्यक्रम गरिने तयारी रहेको आयोजकहरू नै बताउँछन् । रातो सारी, चुरापोते लगाएर नेपालबाट आएका कलाकारसँगै गीतमा रमाउने मात्र नभई कार्यक्रमका सहभागीलाई दर स्वरुप सेलरोटी अचारसमेत खुवाइने गरिएको छ । तीजमा रमाइरहेकी काठमाडौंकी सोनु न्यौपाने वर्षभरि विदेशमा व्यस्त हुने नारीलाई तीजले एक दिन भए पनि रमाइलो गर्ने बाहना दिने गरेको बताउँछिन् ।


यस वर्ष अस्ट्रेलियामा नारी निकुञ्ज, नेपाली पाठशालालगायत सामाजिक संस्था मात्र नभई विभिन्न व्यावसायिक संस्थाले समेत तीज कार्यक्रम आयोजना गरेका छन् ।


प्रकाशित : भाद्र ४, २०७६ ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?