१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

एनआरएनए क्यानडाको अध्यक्षमा घिमिरे 

काठमाडौँ — गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)  क्यानडाको अध्यक्षमा चिरञ्जिवी  घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

एनआरएनए क्यानडाको अध्यक्षमा घिमिरे 

अगस्त १७ मा सम्पन्न भएको अधिवेशनले उपाध्यक्षहरुमा हेमन्त थापा (उज्जवल),अर्जुन कुमार विश्वकर्मा, विजय पौडेल, महासचिवमा पिताम्बर भट्टराई, सचिवमा फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सरोज भट्टराईलाई निर्वाचित गरेको छ । यसै गरि प्रवक्तामा नेत्र खतिवडा ( दिनेस), महिला संयोजकमा सुजता गुरुङ र युवा संयोजकमा ईश्वर खत्रीलाई निर्वाचित गरेको छ।


सदस्यहरुमा डा. सुशील दोरंगा, शरद शेरचन, तुलासिङ भट्टचन, अनन्त आचर्य, देवेन्द्र हरि सुवेदी, सन्तोष बराल र रबिन्द्र घिसिङ निर्वाचित भएका छन्। आईसीसी सदस्यमा एनआरएनए क्यानडाका पूर्व अध्यक्षद्वय तुल्सी सापकोटा र गोपि कृष्ण काफ्ले निर्विरोध निर्वाचित भएका छन् ।

प्रकाशित : भाद्र ३, २०७६ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?