एनआरएनए फ्रान्समा शाही विजयी

ददि सापकाेटा

फ्रान्स — गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा नरेन्द्र शाही निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनले प्रतिद्वन्द्वी हरि सापकोटालाई पराजित गर्दै एनआरएनए फ्रान्सको नेतृत्व लिन सफल भएका हुन् । 

यस्तीउपाध्यक्षमा अम्मर भण्डारी र गिता खनाल, महासचिवमा मिन कुमार श्रेष्ठ, सचिवमा राजु बस्नेत, कोषाध्यक्षमा लालबहादुर सोडारी निर्वाचित भएका छन् । युवा संयोजकमा कसैकोपनि उम्मेदवारी नपरेकाले दिलीप गुरुङ चुनिएका छन् । यसैगरी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा पान कुमारी मल्ल विजयी भएकी हुन् ।

एनआरएनए फ्रान्समा करिब ३ सय ७१ जना मतदाता छन् । ती मध्ये झण्डै ८० प्रतिशतले मतदान गरेका छन् ।

प्रकाशित : भाद्र २, २०७६ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्

विभिन्न व्यक्तित्व सम्मानित 

कान्तिपुर संवाददाता

विराटनगर — विराटनगरबाट प्रकाशित हुँदै आएको उद्‌‌घोष दैनिकको १५ औँ वार्षिकोत्सवका अवसरमा दिव्यराज–ललितादेवी दाहाल सामाजिक सम्मान सामाजिक अभियन्ता सीता शर्मालाई प्रदान गरिएको छ । हरेक तीन वर्षमा उद्‌घोष दैनिकको वार्षिकोत्सवका अवसरमा प्रदान गरिदै आएको ५१ हजार १ सय १५ रुपैयाँ राशीको उक्त सम्मान र सम्मान पत्र शर्मालाई प्रदान गरिएको हो ।

त्यसैगरी राजेश्वरी रेग्मी स्मृति साहित्यिक पुरस्कार गजलकार सुविद गुरागाँईलाई प्रदान गरिएको छ । उनलाई १० हजार १ सय रुपैयाँ राशीको पुरस्कार र सम्मानपत्र प्रदान गरिएको थियो ।

पत्रिकाले आफ्ना स्थानीय स्तम्भकारहरु बलराम पोखरेल, पीताम्बर दाहाल, चन्द्रकिशोर मल्लिक, अमर मल्लिक, कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, कृति श्रेष्ठ, लक्ष्मण नेवटिया र हरिप्रसाद बराललाई समेत सम्मान गरेको छ । सम्पादक मोहन भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कृत र सम्मानित सबैलाई दोसल्ला ओढाएर सम्मानित गरे ।

प्रदेश सरकारले सञ्चालन गरेको ‘म अघि बढ्छु’ कार्यक्रम अन्तर्गत आयोजित खुल्ला निबन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई समेत पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ । प्रतियोगितामा विराटनगरका हिमाल ढकाल प्रथम, सदीक्षा सुवेदी द्वितीय, अनुष्का रेग्मी तृतीय भएका थिए । उनीहरुलाई क्रमशः १२ हजार, १० हजार र ८ हजार तथा सान्त्वना स्थान प्राप्त अजय पण्डीत, सृजल श्रेष्ठ, हिमानी रिजाल, नेहा साह, खिमबहादुर थापा र इशान सिग्देललाई जनही ३ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।

प्रकाशित : भाद्र २, २०७६ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्