कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआरएनए युरोप बैठक : भ्रमण वर्षलाई सघाउने समझदारी

कान्तिपुर संवाददाता

इटली — गैर आवासीय नेपाली संघ (एनआरएनए)ले भ्रमण वर्ष २०२० कार्यक्रमसँग सहकार्य गर्ने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गत शुक्रबारबाट इटालीस्थीत रोममा भएको १२ औं युरोप बैठकले भ्रमण वर्षलाई सघाउने गरी भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यबीच सहमतिपत्रमा हस्ताक्षर गरेको हो । 

एनआरएनए युरोप बैठक : भ्रमण वर्षलाई सघाउने समझदारी

बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।घोषणापत्रमा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको उल्लेख छ ।


एनआरएनएले नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (ईयू) को कालोसूचीबाट हटाउन पहल गर्ने जनाएको छ । ‘नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा युरोपसम्म विस्तार गर्ने वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरिन्छ,’ घोषणामा भनिएको छ । भ्रमण वर्षमाथि थप ऐक्यबद्धता जनाउँदै यो अभियानमा होमिन गैरआवासीय नेपालीहरुलाई बैठकले आहृवान समेत गरेको छ ।

यस्तै, बाढी पीडितको सहयोगको लागि एनआरएनएका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित : श्रावण २०, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?