कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

एनआरएन कतारमा त्रिपक्षीय प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतारको अध्यक्षमा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । जसमा कपिलवस्तुका मोहम्मद मुक्तदा मुसलमान, सुनसरीका तेज कटुवाल र नुवाकोटका रामचन्द्र माझीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उनीहरु एकदशक बढी देखि कतारमा कार्यरत छन् । 

एनआरएन कतारमा त्रिपक्षीय प्रतिस्पर्धा

एनआरएनको आगमी कार्यकालका लागि उनीहरुले उम्मेदवार दर्ता गरेका हुन् । अगस्ट २३ तारिखमा एनआरएन कतारका लागि मतदान हुनेछ । ४२ सय ९८ जनाले मतदान गर्न पाउनेछन् ।

कतारबाट अन्तर्राष्ट्रिय समन्वय परिषदको प्रतिनिधिका लागि ७ जनाबीच प्रतिस्पर्धा हुँदैछ । जसमा होमनाथ शर्मा, कृष्णबहादुर हमाल (केवी), रमेश भट्ट, बुधवल गुरुङ, युवराज शर्मा, धनबहादुर बलायर र मोहम्मद शाकिर अलीले उम्मेदवारी दर्ता गरेका हुन । उनीहरु मध्ये चार जना निर्वाचित हुनेछन् ।

एनसीसीको प्रथम उपाध्यक्षमा उत्तम गुरुङ र नारायण भण्डारी (समाजसेवी), द्वितीय उपाध्यक्षमा शिवबहादुर खड्का, टंककुमार खड्का (कुमार खड्का) र ईश्वर काफ्लेबीच प्रतिस्पर्धा हुँदैछ । महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेल र सरिता गुरुङबीच प्रतिस्पर्धा हुँदैछ ।

महासचिवमा पदम गिरी र लोकमाया क्षेत्री, सचिवमा डिल्लीराम भट्टराई, अफसर अली खान, प्रेमबहादुर चलाउने र नेत्रकुमार भुजेल (नियम भुजेल)बीच प्रतिस्पर्धा हुँदैछ ।

कोषाध्यक्षमा रामप्रसाद गौतम र विनोदप्रसाद वसौला, सहकोषाध्यक्षमा मोहमद तनबीर रोजा र बुद्धबहादुर पाण्डे, युवा संयोजकमा श्यामकुमार डाँगी र रविन मगर, महिला संयोजकमा अम्बिका खत्री र नानु घले ब्लोन बीच प्रतिस्पर्धा हुँदैछ ।

सदस्यहरुमा नरेश श्रेष्ठ, ओमबहादुर क्षत्री (सन्तोष), ज्वाला शाही, शेख अमावुल्लाह, मो. अकिल अहमद, शेख अब्दुल राजिक, घनश्याम जैशी, सेवक विक, मनप्रसाद मगर, बालकृष्ण न्यौपाने, डेगबहादुर भारती (सुमन भारती), मो. इन्दाज आलम, सुनिलकुमार घिमिरे, झविन्द्र आचार्य, सविन्द्र श्रेष्ठ, सजय रजक, भवानीप्रसाद कोइराला, गोपाल खतिवडा, केशवराज कार्की, अब्दुल खालिक शेख, अवधेशकुमार मण्डल, कृष्ण शाह, भोजबहादुर साउँद, कृष्ण पन्थी, दिपजङ शाह, सुरेश परियार, विवेक पुलामी मगर, विष्णुबहादुर खड्का, केशवप्रसाद खनाल, गजेन्द्र राई, राजु राई, रमेश कनौजे थापा र राकेश श्रेष्ठवीच प्रतिस्पर्धा हुँदैछ । १८ जनाको लागि ३३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । लेखा समितिको संयोजकमा मुक्तार आलम र महेश्वर मण्डल बीच प्रतिस्पर्धा हुँदैछ ।

गैरआवसीय नेपाली संघ कतारले कतारमा अझै सरकारी अनुमति पाएको छैन । यो कतारस्थित नेपाली दूतावासमा सुचिकृत छ । यसअघि पनि सहमतिमा नेतृत्व चयन नभएपछि नेपाली दूतावासभित्र मतदान भएको थियो । कतारको नियम अनुसार मतदान गराउनको लागि सरकारी अनुमति लिनुपर्छ ।

प्रकाशित : श्रावण १९, २०७६ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?