एनआरएनएको १२ औं युरोप बैठक सुरु

कान्तिपुर संवाददाता

इटली — गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औं युरोप बैठक सुरु भएको छ । इटालीको रोममा सुरु भएको कार्यक्रममा भाग लिन काठमाडौं तथा विभिन्न देशहरुबाट करिब ४ सय गैर आवासीय नेपाली भेला भएका छन् । कार्यक्रमको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले गरे ।

एनआरएनएको १२ औं युरोप बैठक सुरु

‘युरोपका एनआरएनएहरुको उद्देश्य देश विकासका लागि लगानी र पर्यटन प्रवर्द्धन’ भन्ने नाराका साथ सुरु कार्यक्रममा दर्जन भन्दा बढी विभिन्न सत्रमा छलफल गर्ने तालिका छ ।


शुक्रबार साँझबाट सुरु भएको कार्यक्रम आइतबार सकिने छ । कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका नेता शेखर कोइराला, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्व अध्यक्षहरु जीवा लामिछाने, शेष घले, भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्य र एनआरएनए पदाधिकारी लगायतको उपस्थिति छ ।

प्रकाशित : श्रावण १८, २०७६ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?