कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कुवेतमा आगलागी हुँदा ३ नेपालीको मृत्यु

काठमाडौँ — कुवेतको महावुल्ला–२ स्थित आप्रवासी कामदार बस्ने एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा दुई महिला सहित ३ नेपाली कामदारको ज्यान गएको छ ।

कुवेतमा आगलागी हुँदा ३ नेपालीको मृत्यु

त्यस भवनमा ग्यास पाइप लिक हुँदा शुक्रबार राति १० बजे आगलागी भएको थियो । नेपाली दूतावासका अनुसार मृत्यु हुने नेपालीको पहिचान हुन सकेको छैन ।

उनीहरुको शव फर्वानिया अस्पतालमा राखिएको छ । महावुल्ला नेपाली कामदारको बक्लो उपस्थिति रहेको क्षेत्र हो । मृत्यु हुने दुई जना घरेलु महिला कामदार हुन् ।


आगलागी भएको आवास कम्पनी वा पारिवारिक आवास कुन हो भनेर पहिचान भइसकेको छैन ।

प्रकाशित : असार २८, २०७६ २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?