बैगंलुरुमा अपार्टमेन्ट भत्किँदा तीन नेपालीको मृत्यु

नयाँ दिल्ली — दक्षिण भारतीय राज्य कर्नाटकको बैंगलुरुमा एक भवन भत्किँदा तीन नेपालीको मृत्यु भएको छ । मंगलबार बिहान बैगंलुरुको कस्टाउनस्थित चार तले अपार्टमेन्टको पहिलो तल्ला भासिँदा बझाङ थलरा गाउँपालिका-२, बगडाका २८ वर्षीय नारायण खडका, उनकी श्रीमती २३ वर्षीय निर्मला खडका र छोरी चार वर्षीय अनुष्का खडकाको मृत्यु भएको हो ।

निर्मल सोही भवनको अपार्टमेन्टमा विगत ६ वर्षदेखि सुरक्षागार्डको काम गर्दै आएका थिए । खड्का परिवार उक्त भवनको भुईं तल्लामा टेन्टले बारेर बस्दै आएका थिए ।


बुबा लक्ष्मण खड्का र आमा दीर्कमति खड्का पनि रोजगारीकै सिलसिलामा लागि नजिकै बस्दै आएका थिए । निर्मलका छोरा भने धनगढीमा अध्ययनरत छन् । घटनामा दुई भारतीय नागरिकको पनि मृत्यु भएको छ । अखिल भारत नेपाली एकता मञ्चका महासचिव शीतल मलातीकाअनुसार मृतकहरुको शव पोष्टमार्टमका लागि नजिकैको बोरिंग अस्पतालमा राखिएको छ ।

मृतकलाई उचित क्षतिपूर्ति र अर्पाटमेन्टका बिल्डरलाई कानुनी कारवाहीका लागि स्थानीय पुल्केसी थानामा एफआईआर दर्ता गरिएको मालतीले कान्तिपुरकालाई जानकारी दिए । ‘उचित क्षतिपूर्तिसहित कानुनी कारवाहीको माग गर्दै एफआईआर उजुरी गरिएको छ । र आवश्यक समन्वयका लागि दिल्लीस्थित दूतावासलाई पनि जानकारी गराइसकेका छौं,’ मालतीले भने ।

प्रकाशित : असार २६, २०७६ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?