नेपाल-अमेरिका चलचित्र महोत्सवमा बंगाली चलचित्र उत्कृष्ट 

न्यूयोर्क — विभिन्न विधामा एघार चलचित्रहरुलाई पुरस्कृत गर्दै तेस्रो नेपाल-अमेरिका चलचित्र महोत्सव मेरिल्याण्डमा सम्पन्न भएको छ । महोत्सवमा तउक्वीर अहमदले निर्देशन गरेको ‘फगुन हवे ’ ले उत्कृष्ट चलचित्रको पुरस्कार जित्यो । 

नेपाल-अमेरिका चलचित्र महोत्सवमा बंगाली चलचित्र उत्कृष्ट 

नेपाल-अमेरिका फिल्म सोसाइटीको आयोजनामा हालै सम्पन्न तीन दिने महोत्सवमा युकी कांगले निर्देशन गरेको ‘ल लिटल विस्डम ’ उत्कृष्ट वृत्तचित्र, इरानी निर्देशक मोहम्मद बोक्सीले निर्देशन गरेको ‘आर यु भलिबल ’ सर्ट फिल्मको विधामा पुरस्कृत भए ।


महोत्सव अवधिभर प्रदर्शित भएका विभिन्न विधाका चलचित्रहरुको मूल्यांकनका लागि नेपाली निर्देशक मिनबहादर भामको अध्यक्षतामा रहेको तीन सदस्यीय निर्णायक मण्डल गठन थियो । महोत्सवमा नेपाल सहित विभिन्न देशका ३४ वटा चलचित्र प्रर्दशन गरिएका थिए ।


स्पेशल मेन्सन विधामा ‘पोर ग्रेग डौंनिंग ’ र दीपक तोलंगेको निर्देशनमा बनेको ‘टहरा' परस्कृत भए भने ग्राण्ड जरी अवार्डमा मनोजबाबु पन्त निर्देशित ‘अवशेष' उत्कृष्ट भयो । अविनाशबिक्रम शाहको ‘तातिनी ’ लगायतका चलचित्र पुरस्कृत भए । आयोजक संस्थाका निर्देशक पुर्णसिंह बराइलीले कान्तिपुरसँगको कराकानी गर्दै भने, ‘यसपटकको महोत्सवको सफलताले आगामी समयका लागि हामीलाई उर्जा मिलेको छ । ’


विनोद पौडेलद्वारा निर्देशित बलबल चलचित्रको प्रर्दशनबाट सुरु भएको महोत्सवमा प्रविन स्याङ्ग्बोको ‘कथा ७२ ’ नामक चलचित्रसँग समापन भएको थियो ।

प्रकाशित : असार २४, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?