कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

ओमन एनआरएनको पाँचौं अधिवेशन सम्पन्न 

काठमाडौँ — ओमानस्थित गैर आवासीय नेपाली संघको पाँचौं अधिवेशनले सेवन्त पुर्जाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । ओमानमा एनआरएनए गैरआवासीय नेपाली सोसल क्लबको रुपमा ओमानको सामाजिक विकास मन्त्रालयमा दर्ता छ ।  

ओमन एनआरएनको पाँचौं अधिवेशन सम्पन्न 

ओमनको राजधानी मस्कटमा सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्ष पूर्णबहादुर श्रेष्ठ, द्वितीय उपाध्यक्ष बिकल झा, महासचिव रविन शिल्पाकार, सचिब भरत अधिकारी, कोषाध्यक्ष महेशश्वर चौधरी, सहकोषाध्यक्ष रामहरी गिरी, प्रवक्ता रामकुमार तामाङ, महिला संयोजक रुपा कार्की र युवा संयोजक फुर्वा लामा चयन भएका छन् ।


यसैगरी सदस्यहरु क्रमशः टिकाराम विश्वकर्मा, ललित वास्तोला, लक्ष्मीप्रसाद कोइराला, कुलबहादुर श्रेष्ठ, महेन्द्र तिवारी, रामबहादुर तामाङ, सुरेश खड्का, सुनु तामाङ, नरेन्द्र वराल, अर्जुनप्रसाद पौडेल र सुसन श्रेष्ठ चयन भएका छन् ।


अधिवेशनलाई सम्बोधन गर्दै ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपाल र ओमनवीचको पर्यटन, लगानी लगायत विभिन्न क्षेत्रमा सहकार्य गर्न ६ वटा सम्झौताहरु प्रक्रियामा रहेको बताइन् । उनले श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा रहेको बताइन् ।


गैरआवासीय नेपाली संघ अन्तराष्ट्र्रिय समन्वय परिषद्का अध्यक्ष भबन भट्टले नेपालमा लगानीको लागि वाताबरण बन्दै गइरहेको वताए । संघका उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, सचिब डिवी क्षेत्री, मध्यपुर्व संयोजक आरके शर्माले प्रवासमा कार्यरत सबै नेपालीलाई सम्बोधन हुने गरी लगानीको मोडल वनाइरहेको वताए । उनीहरुले ओमन एनआरएनको अभ्यासहरु सबैले सिक्नुपर्ने वताए ।


एनआरएन ओमानका अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न अधिवेशनमा साउदीबाट सहभागी भएका जोन अर्यालले मध्यपुर्ब उपसंयोजक, युएईका मनोज गोर्खालीले मध्यपुर्व संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।


प्रकाशित : असार १५, २०७६ १३:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?