साउदीमा बन्दी बनाइएकी हुमाको ७ वर्षपछि उद्धार

काठमाडौँ — साउदी अरबस्थित नेपाली दूतावासले ७ वर्षसम्म बन्धक बनाइएकी चरली–४, झापाकी हुमा दाहाललाई उद्धार गरी स्वदेश पठाएको छ ।

साउदीमा बन्दी बनाइएकी हुमाको ७ वर्षपछि उद्धार

हुमालाई हाइल क्षेत्रमा रहेको साउदी नागरीकले बन्धक बनाइ घरेलु काममा लगाउँदै आएका थिए । हाइल राजधानी रियादबाट ७ सय किमी टाढा पर्छ ।

प्रवासी नेपाली समाजको समन्वयमा हुमालाई साउदी नागरीकको घरबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो ।

‘उनलाई घरपरिवार, आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्दी झैं बनाएर राखिएको थियो । उनी आफूसँगै कार्यरत फिलिपिनोको सहयोगमा नेपाली दूतावासको सम्पर्कमा आएकी थिइन्,’ उद्धारमा समन्वय गरेका हेमराज बास्तोलाले भने, ‘गत अप्रिल महिनामा निवासबाट उद्धार गरी दूतावासको सेल्टरमा ल्याएर राखिएको थियो ।’


प्रकाशित : असार १, २०७६ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?