कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

एनआरएनए चीनमा महिला फोरम गठन

ग्वान्जाउ — गैरआवासीय नेपाली संघ (एनआरएनए) चीनमा रञ्जिता आचार्यको संयोजकत्वमा ९ सदस्यीय महिला फोरम गठन भएको छ । ग्वान्जाउमा हालै आयोजित कार्यक्रममा एनआरएनए चीनका अध्यक्ष सुदेशकुमार झाले उनलाई मनोनीत गरेको विज्ञप्तिमा उल्लेख छ ।

एनआरएनए चीनमा महिला फोरम गठन

महिला फोरम सदस्यहरूमा सविता बर्तौला, रश्मि झा, मनीषा शर्मा, जुना ज्ञवाली, डा. करुणा राई, डा. कृषिता राजलावत, रक्षा संग्रौला र सेरिका सापकोटा कँडेल छन् । अमृता थापा (कञ्चन) र खुश्बू अग्रवाल सल्लाहकार चुनिएका छन् ।


संयोजक आचार्यले 'युनाइट वुमेन टु ब्रिङ अ चेन्ज' नारासहित गठन भएको फोरमले चीनमा रहेका नेपाली महिलालाई एकजुट गराई नेपालमा महिला उद्यमको विकाससँगै शिक्षा र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिइन् । एनआरएनए चीनका अध्यक्ष झाले आफूहरूले नेपाली महिलाको आङ खस्ने समस्या समाधानका क्षेत्रमा पहिलेदेखि काम गर्दै आएको स्मरण गरे ।


कार्यक्रममा उपाध्यक्ष प्रदीप न्यौपाने, महासचिव सुशील बेल्वासे, फोरम सल्लाहकार खुश्बू अग्रवाल, विष्णुहरि भण्डारीले पनि बोलेका थिए । कार्यक्रममा एनआरएन हङकङकी अध्यक्ष टीका गुरुङ, एनआरएन मकाउकी अध्यक्ष शान्तिदेवी अधिकारी एवं ग्वान्जाउस्थित नेपाली महावाणिज्य दूतावासबाट रक्षा पोखरेल पनि उपस्थित थिए ।


प्रकाशित : जेष्ठ २८, २०७६ १६:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?