२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चिनियाँ सगरमाथा आरोही सम्मानित

बेइजिङ — नेपाली दूतावासले सगरमाथा दिवसका अवसरमा बुधबार ६ चिनियाँ पर्वतारोहीलाई सम्मान गरेको छ । सम्मानित हुनेमा सुन यिछ्वान, सोङ छियाङ, मा च्यानक्वो, वाङ स्वेफङ, ह युलोङ र लु हाइछ्वान छन् । सन् २०१७ यता उनीहरुले फरक-फरक समयमा नेपाली मोहडाबाट सगरमाथा आरोहण गरेका थिए । 

चिनियाँ सगरमाथा आरोही सम्मानित

सम्मानित पर्वतारोहीहरूलाई नेपाली चिनो र नेपाली खादा प्रदान गरिएको छ । कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सगरमाथा नेपाल र चीनबीच मित्रताको प्रतीक भएको बताए । पर्वतारोहीहरूका कारण जनस्तरीय सम्बन्ध अझ गहन हुन मद्दत पुगेकोले उनीहरू नेपाल-चीन सांस्कृतिक दूत भएको समेत उनले सुनाए । राजदूत पौड्यालले भने, 'नेपाल र चीनबीच जनस्तरीय सम्बन्ध अभिवृद्धि गर्न पर्वतारोहीले गरेको योगदान ठूलो छ ।'


बेइजिङस्थित नेपाली दूतावास प्रांगणमा आयोजित कार्यक्रममा आरोहीहरूले आफ्ना अनुभवहरु साटेका थिए । उनीहरूले सगरमाथा आरोहणका क्रममा यसपालि देखिएको भीडभाड, मौसम पूर्वानुमान सुधारका लागि सुझाव दिए । 'नेपाली शेर्पाहरूको पारिश्रमिक एकदमै थोरै रहेछ ' उनीहरुले भने, 'जीवन बिमा पनि नभएकाले शेर्पाहरुको सेवा कष्टप्रद रहेको थाहा पायौं । यसतर्फ नेपालका सम्बन्धित निकायले केही पहल गर्न सक्ने अपेक्षा गरेका छौँ । '

प्रकाशित : जेष्ठ १५, २०७६ २२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?