कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

बेल्जियमस्थित जनसम्पर्क समितिको अधिवेशन गराउन गएका प्रतिनिधिले गरे विघट्नको घोषणा

पार्टी एकलौटी रुपमा चलाउन खोजियो : केसी 

काठमाडौँ — कांग्रेसको बेल्जियमस्थित जनसम्पर्क समितिको निर्वाचित कार्यसमिति एकपक्षीय रुपमा भंग गरिएको भन्दै पार्टीको संस्थापन इतरपक्षले विरोध गरेको छ । अधिवेशन गराउन तोकिएका प्रतिनिधिले समिति नै विघट्न गरेर फर्केपछि संस्थापन इतरपक्षीय नेताहरुले सभापति शेरबहादुर देउवाकै भूमिकाथि नै आशंका प्रकट गरेका छन् ।

बेल्जियमस्थित जनसम्पर्क समितिको अधिवेशन गराउन गएका प्रतिनिधिले गरे विघट्नको घोषणा

संस्थापन पक्षले भने अधिवेशन गराउन नसकेको र मार्च ५ बाटै कार्यकाल सकिएकाले विघट्न भएको बताएको छ ।


केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी कब्जा गर्ने रणनीति अन्तर्गत नै बेल्जियमको जनसम्पर्क समितिलाई एकपक्षीय रुपमा विघट्न गरिएको दाबी गरे । ‘सल्लाह नै नगरी अधिवशेन गराउन खटाईएका प्रतिनिधिले कार्यसमिति नै विघट्न गरेर तदर्थ समिति बनाउनु अवैधानिक छ,’ केसीले भने, ‘यस्तो निर्णय हामीलाई मान्य हुने छैन ।’


संस्थापन पक्षले सापकोटा नेतृत्वको कार्यसमितिले समयमै अधिवेशन गराउन नसकेको कारण जनाउँदै समिति विघट्न भएको जनाएको छ । विवाद मिलाएर अधिवेशन गराउन पार्टीले आमन्त्रित सदस्य किरण पौडेललाई केन्द्रीय प्रतिनिधिको रुपमा बेलिज्यम पठाएको थियो । उनी ३३ दिन त्यहाँ रहँदा संस्थापन र संस्थापन इतरपक्षबीचको विवाद मिलाएर अधिवेशन गराउन नसकेपछि समिति नै विघट्न भएको सूचना दिएर फर्केका थिए ।


निर्वाचित कार्यसमिति विघट्न गरी माधव सापकोटा नेतृत्वमा तदर्थ समिति बनाइएको जानकारी पौडेलले पार्टी नेताहरुलाई गराएका छन् ।

‘समयै छँदा दुई–दुईपटक अधिवेशनका लागि प्रतिनिधि पठाउन त्यहाँको निर्वाचित कार्यसमितिले केन्द्रीय कार्यसमितिमा आग्रह गरेको हो । तर, समय सकिएपछि मात्रै प्रतिनिधि पठाईयो,’ केसीले थपे, ‘निर्वाचित कार्यसमितिलाई एकातिर पन्छाएर आफ्नो अनुकुलको समिति ल्याउन खोजेपछि विवाद भयो । जालसाजीरुपमा कार्यसमिति विघटन गर्ने नियत राखेर काम गरियो । यो असंवैधानिक छ ।’


आमन्त्रित सदस्य पौडेलले लामो समयदेखिको विवाद मिलाएर अधिवेशन गराउने प्रयास सफल नभएपछि पुरानो समिति विपघटन गरेर तदर्थ समिति बनाइएको बताए ।


बेल्जियममा धेरै अघिदेखि नै संस्थापन र संस्थापन इतरपक्षीय ‘गुट’ बीच विवाद छ । सापकोटा संस्थापन इतरपक्षीय हुन् । उनले एकलौटी रुपमा संगठन चलाएको भन्दै संस्थापन पक्षले सुवास गुरुङको नेतृत्वमा केही समयदेखि नै समान्तर समिति गठन गरेको थियो ।


‘दुई पक्षलाई मिलाएर एकताको घोषणा पनि भयो । सीता सापकोटालाई संयोजक तोकेर अधिवेशनको तयारी गरौं, तर उहाँ अधिवेशनका लागि तयारी हुनु भएन,’ पौडेलले भने, ‘अधिवेशन नै नभएपछि विवाद पनि बल्झियो, त्यसैले पुरानो समिति भंग गरेर तदर्थ समिति बनाइएको हो ।’

सापकोटाले आफू अनुकुलको नेतृत्व ल्याउने र महाधिवेशन प्रतिनिधि समेत अधिवेशनकै बेला तय गर्ने गरी केन्द्रीय प्रतिनिधिले पूर्वाग्रही भूमिका खेलेपछि समस्या आएको बताइन् ।


‘मलाई हटाउने हो भने केन्द्रीय प्रतिनिधिले होइन, सभापतिले हटाउनु पर्यो’ उनले भनिन,‘विवाद मिलाउन गएका प्रतिनिधिले एकपक्षीय भूमिका खेलेपछि कसरी अधिवेशन हुन सक्छ ?’ उनले निष्पक्ष र पारदर्शी रुमपा अधिवेशन गराउन केन्द्रीय सभापतिलाई आग्रह समेत गरिन् ।


प्रकाशित : वैशाख ९, २०७६ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?