कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अस्ट्रेलियामा दोस्रो पुस्तालाई प्रोत्साहन

अस्ट्रेलिया — अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई प्रोत्साहन दिने उद्देश्यले उच्चशिक्षा सम्पन्न गरेका बालबालिकाहरुलाई पहिलोपटक सम्मान तथा पुरस्कृत गरिएको छ । 

अस्ट्रेलियामा दोस्रो पुस्तालाई प्रोत्साहन

अस्ट्रेलियाको विभिन्न बिद्यालयहरुबाट कक्षा १२ उत्तिर्ण गरेका बालबालिकाहरुलाई दक्षिण अस्ट्रेलियामा रहेको नेपाली पाठशालाले उनीहरुलाई सम्मानपत्र सहित सम्मान गरेको छ । अस्ट्रेलियाको शैक्षिक संकायमा विद्यालय स्तरको उच्चशिक्षा सम्पन्न गर्नुलाई महत्वका साथ हेर्ने गरिएको छ ।


सोही अन्तरगत उच्चशिक्षा सम्पन्न गरेका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको आयोजक संस्थाका कपिल पाण्डेले जानकारी दिए । यहाँ रहेका नेपाली बालबालिकाहरुलाई नेपाली कलासंस्कृति तथा परम्पराहरुको बारेमा जानकारी दिने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सांस्कृतिक र साहित्यिक कार्यक्रमहरुको समेत आयोजना गरिएको थियो ।


अस्ट्रेलियामा दोस्रो पुस्ताका नेपालीहरुको उपस्थिती समेत बढ्दै गएको सन्दर्भमा सम्मान कार्यक्रमले उनीहरुलाई आफ्नो जन्मभूमीको बारेमा धेरै जानकारी हुने कार्यक्रमका प्रमुख अतिथी एनआरएन केन्द्रीय सदस्य गोकुल घिमिरेले बताए ।


कार्यक्रम आयोजक संस्थाका संस्थापक डा. सुनील शर्माले यस किसिमको कार्यक्रमले दोस्रो पुस्ताका नेपाली युवाहरुलाई आफ्नो देशमा केही गर्ने सोचको विकास हुने बताए । शर्माले कार्यक्रमको मुख्य उद्देश्य नेपालको बारेमा जानकारी दिनुका साथै बढ्दै गरेको दोस्रो पुस्तालाई उनीहरु मार्फत् नेपालको कलासंस्कृति र परम्पराको जानकारी दिनु रहेको जानकारी दिए ।

प्रकाशित : माघ २८, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?