कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने

अष्ट्रेलिया — अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित सम्मेलनको आयोजना हुने भएको छ ।

सिड्‌नीमा ओसिनिया क्षेत्रका विज्ञहरुको सम्मेलन हुने

सम्मेलनबाट उनीहरुले जानेको सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यमहरुको बारेमा खोजी समेत गरिने भएको छ ।


यही सेप्टेम्बरको १५ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।


एनआरएनको ओसिनिया क्षेत्रले आयोजना गर्न लागेको कार्यक्रमको मुख्य उद्देश्य नै विदेशमा रहेको सीप र ज्ञानलाई कसरी आफ्नो देशको विकासमा पुर्‍याउन सकिन्छ भन्ने रहेको आयोजक तथा ओसिनिया संयोजक धर्मराज अधिकारीले बताए ।


उनले पहिलोपटक आयोजना गरिएको यस कार्यक्रमबाट निकालिएको निष्कर्ष भर्खरै संघीयतामा गएको नेपालका लागि अत्यन्तै महत्वपुर्ण हुने दाबी समेत गरे ।


अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा काम गरिरहेका विज्ञहरुले सहभागिता जनाउनेछन् ।


कार्यक्रमको निष्कर्षले यही अक्टोबरमा काठमाडौंमा दुई दिनसम्म हुन लागेको एनआरएन विश्व विज्ञ सम्मेलनलाई ठोस सहयोग र सल्लाह पुर्‍याउने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा विभिन्न विषयहरुमा कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।

प्रकाशित : भाद्र १०, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?