१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने 

लन्डन — नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लाको सिन्जा गाउँपालिकास्थित भादगाउँमा मातृशिशु केन्द्र बनाउन एक च्यारिटी गर्दै आफ्नो दसौँ वार्षिकोत्सव मनाएको छ ।

नेप्लिज नर्सिङ एसोसिएसन यूकेले जुम्लामा मातृशिशु केन्द्र बनाउने 

एसोसिएसनले सिन्धुपाल्चोक र गोरखामा एक एक वटा विद्यालय निर्माण गरिसकेपछि जुम्लाको मातृशिशु केन्द्र तेस्रो महत्वाकांक्षी प्रोजेक्टका रुपमा लिएको हो ।


एसोसिएसनकी अध्यक्ष प्रसुना कँडेलले मातृशिशु केन्द्र बनाउन करिब ६० लाख (४२ हजार पाउण्ड) आवश्यक भएकामा हालसम्म च्यारिटीसहित चन्दाबाट करिब २० हजार पाउण्ड संकलन भएको जनाइन् ।


कार्यक्रमका प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतका नेपाली नर्सहरु नेपालको स्वास्थ्य क्षेत्रको विकास र ग्रामीण भेगमा सिमान्तकृत बासिन्दाको स्वास्थ्य सेवामा निरन्तर लागि रहेकामा प्रशंसा गर्दै उनीहरुको प्रतिष्ठित र सम्मानित पेशा समस्त नेपालीले गौरव गर्ने पेशा भएको उल्लेख गरे ।


कार्यक्रममा नेप्लिज डक्टर्स एसोसिएसन (एनडिए) यूकेका अध्यक्ष डा. सविन जोशी, रोयल कलेज अफ नर्सिङका डेपुटी प्रेसिडेन्ट रड थोम्पसन, एनआरएनए यूकेका अध्यक्ष योगकुमार फगामी लगायतले एशोसिएसनले नेपाल र बेलायतमा गरेका मानवीय कार्यको खुलेर प्रशंसा गरेका थिए ।


कार्यक्रममा संस्था स्थापनाको दशक लामो अवधिमा महत्वपूर्ण योगदान पुर्‍याउने संस्थापक अध्यक्ष अजिता सिम्खडा, पूर्व अध्यक्षत्रय शान्ता संग्रौला, बासु लामिछाने र सुशीला कार्की, सल्लाहकारहरु टुका स्याण्डवेल क्षत्री, मन सुनुवार, राजेन्द्र क्षत्री लगायतलाई विशेष सम्मान गरियो ।


एसोसिएसनले नेपालका चर्चित हांस्यव्यंग्य कलाकार एवं साहित्यकार शैलेन्द्र सिम्खडालाई पनि सम्मान गरेको थियो ।

प्रकाशित : भाद्र १०, २०७५ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?