कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हङकङमा भानुजयन्ती

किसन राई

हङकङ — यहाँ अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवस एवं आदिकवि भानुभक्त आचार्यको २ सय ५ औं जन्म जयन्ती मनाइएको छ । गैरआवासीय नेपाली संघ हङकङले चुम्लुङ हिममा आयोजना गरेको कार्यक्रममा नेपाली भाषा तथा साहित्यप्रेमी र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

हङकङमा भानुजयन्ती

कार्यक्रममा सहभागीले भानुको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका थिए ।


कार्यक्रममा सिर्जनशील साहित्य समाज हङकङका अध्यक्ष हाङयुग अज्ञातले विश्वभर रहेका नेपालीलाई एक बनाउने माध्यम नेपाली भाषाको विकल्प नरहेको बताए । उनले नेपाली भाषा विकासको लागि नेपालमा बोलिने सबै राष्ट्रिय भाषाको विकास हुन आवश्यक रहेकोमा जोड दिएका थिए । आगन्तुक शब्दले भाषालाई बृहत् र बलियो बनाउने तर्क गर्दै उनले अंग्रेजी भाषाको उदाहरण पेस गरेका थिए ।


नेपाली साहित्य साझा श्रृङ्खलाका संयोजक डीबी पालुङ्वा, पारिजात पुरस्कार हङकङ २०१८ का विजेता सुनिता गिरी, कवयित्री पूर्णिमा जी शाहले भानुसम्बन्धी कविता वाचन गरेका थिए । उक्त अवसरमा चित्रकार दीपेन्द्र राईले आफूले कोरेको भानुको चित्र संघका अध्यक्ष राधिका गुरुङलाई हस्तान्तरण गर्दै भानुको जीवनी बताएका थिए । उनले भानुको पालामा फोटो खिच्ने प्रविधि नभएकोले प्रचलनमा रहेका तस्बिर चित्रकारको कल्पनामा आधारित भएकोले आफूले पनि सोही गरेको बताएका थिए ।


गैरआवासीय नेपाली संघ हङकङका महासचिव किसन राईले संघले यो वर्षदेखि भानुजयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य दिवसको रुपमा मनाउन सुरु गरेको जानकारी गराए । उनले भाषा र साहित्यजस्तै नेपाली कला र सङ्गीतलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा लैनसिं बाङ्देल र अम्बर गुरुङ जयन्ती मनाउन सकिने सुझाव दिए ।


कार्यक्रम सञ्चालिका एवं सचिव टीका रानाले भानुका रचनामध्ये बधुशिक्षा पाठ गरेकी थिइन् ।

प्रकाशित : असार ३०, २०७५ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?