कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

किसन राई

हङकङ — नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया गरेको छ । नेपालीद्वारा सञ्चालित पाम्पास स्टेक हाउसमा सम्पन्न अन्तरक्रियामा कार्यसमिति, सल्लाहकार र संरक्षक समितिको सहभागिता थियाे ।

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

कार्यक्रममा कन्सुल जनरल कमलप्रसाद भट्टराईले देशको बजेटको बारेमा प्रवासमा अन्तरक्रिया हुनु स्वागतयोग्य भन्दै प्रशंसा गरेका थिए । उनले संघीय संरचनापछिको पहिलो बजेट भएकाले विगत भन्दा फरक रहेको बताए ।


भट्टराईले स्वदेशमा रोजगार बृद्धि गर्न विभिन्न योजनाको व्यवस्था गरिएको र गैर–आवासीय नेपाली (एनआरए) को संख्या घटाउनेतर्फ बजेट केन्द्रित रहेको बताए ।


भन्सार तिरेर सय ग्रामसम्म सुन लैजान पाउने व्यवस्थाले एनआरएनलाई राहत पुगेको बताउादै उनले वैदेशिक रोजगारबाट फर्किएकालाई सीप प्रमाणिकरण गरी ऋण उपलब्ध गराउने व्यवस्थाको सुरुवातलाई सकरात्मक रुपमा लिन आग्रह गरेका थिए ।


च्याम्बरका पूर्व अध्यक्ष जगन्नाथ ज्ञवालीले विदेशबाट अवकास जीवनका लागि फर्कनेलाई निजी प्रयोगका सवारी साधन र घरेलु प्रयोजनका सामग्रीमा भन्सार छुटका लागि आगामी बजेटमा व्यवस्था हुन आवश्यक रहेको सुझाव पेश गरेका थिए । उनले बजेट समग्रमा सकरात्मक रहेको प्रतिक्रिया दिएका थिए ।


उपाध्यक्ष लवकुमार गुरुङले विदेशमा बसोबास गर्नेले पनि स्वदेशको बजेटप्रति चासो राख्न आवश्यक रहेकोमा जोड दिए ।


अध्यक्ष डासुराम पराजुलीले बजेटबाट राजनीतिक स्थिरताको आभास मिलेको बताउँदै विकासको गति बढ्ने आशा व्यक्त गरे । लोकप्रियतामा नभएर आधारभूत विकासमा जोड दिइएकोले बजेटबाट सन्तुष्ट हुन सकिएको उनको प्रतिक्रिया थियो ।

प्रकाशित : असार ८, २०७५ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?