भिजिट नेपाल २०२० : हङकङमा वार्मअप

किसन राई

हङकङ — नेपाल पर्यटन वर्ष २०२० ‘भिजिट नेपाल २०२०’ सफल बनाउन वार्मअपको रुपमा नेपाल पर्यटन बोर्डले ३२औँ हङकङ अन्तर्राष्ट्रिय ट्राभल एक्सपोमा सहभागिता जनाएको छ ।

भिजिट नेपाल २०२० : हङकङमा वार्मअप

चार दिने एक्सपोको समापनको दिन बोर्डका निर्देशक मणिराज लामिछानेले हङकङलगायत चीनबाट आइरहेका पर्यटन संख्या दोब्बर बनाउने उद्देश्य अनुरुप सहभागिता जनाइएको र सफल भएको दावी गरेका छन् ।


‘२० लाख पर्यटन भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको भिजट नेपाल २०२० को वार्मअपको रुपमा सहभागी भएका हौँ’, लामिछानेले भने, ‘हाल हङकङलगायत चीनबाट आइरहेका पर्यटन संख्या दोब्बर बनाउने उद्देश्य अनुरुप सहभागिता जनाइएको थियो जुन सफल भएको छ ।’


नेपाल पर्यटन बोर्डको स्टलमा नेपाल वायु सेवा निगम र चारवटा ट्राभल्स कम्पनीका छुट्टाछुट्टै सबस्टल रहेका थिए । निगमले प्रर्वद्धनात्मक हवाई भाडा र ट्राभल्स कम्पनीहरुले टुर प्याकेज लगायतका सामग्रीहरु वितरण र जानकारी गराएका थिए ।


बोर्डका प्रवर्द्धन अधिकृत प्रदीप बस्नेतका अनुसार नेपालमा भूकम्प र नाकाबन्दीको असर विश्वले बिर्सिसकेको छ । चार दिनको प्रदर्शनीमा कुनै पनि सहभागीले यस विषयमा प्रश्न गरेनन् र जिज्ञासा पनि राखेनन् । सो अवसरमा नेपालको पर्यटन क्षेत्रको जानकारीमूलक सामग्री निशुल्क वितरण समेत गरिएको थियो ।


नेपाल घुम्न र हेर्नका लागि प्याकेज टुरको बारेमा निकै जिज्ञासा राखिएको सिनेक एडभेन्जरका निर्देशक खेमकुमार निरौलाले अनुभव सुनाए । उनका अनुसार टुर प्याकेजको प्रर्वद्धन गर्न सके नेपाल घुम्न आउने पर्यटकको संख्या बढाउन सहयोग पुग्ने छ ।

प्रकाशित : असार ४, २०७५ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?