१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेपाल फाइनान्स हङकङको १८ प्रतिशत लाभांश

किसन राई

हङकङ — हङकङका नेपालीहरुद्वारा प्रवद्र्धित नेपाल फाइनान्स लिमिटेडले १८ प्रतिशत लाभांश वितरण गरेको छ । यो प्रतिशत स्थापनाको सातौँ वर्षमा अहिलेसम्मकै उच्च रहेको छ ।

नेपाल फाइनान्स हङकङको १८ प्रतिशत लाभांश

छैठौं साधारण सभामा जनरल म्यानेजर शशिमदन राईद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा १६ लाख ४९ हजार २ सय १८ हङकङ डलर मुनाफा देखाइएको छ । स्थापनाको चौथो वर्षदेखि वितरण गरिएको मुनाफा पहिलो वर्ष १२ र दोस्रो वर्ष १५ प्रतिशत देखाइएको छ ।


साधारण सभाद्वारा पारित आर्थिक प्रतिवेदन अनुसार फाइनान्सको शेयर पुँजी १ करोड २ लाख १९ हजार ४ सय डलर र चुक्ता पुँजी ३ करोड ९० लाख ५६ हजार ३ सय १० डलर रहेको छ । ३ करोड २२ लाख १६ हजार १ सय ५१ डलर ऋण लगानी गरेको छ ।


समापन कार्यक्रममा प्रमुख अतिथि नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईलाई लाभांश वितरण गर्न लगाइएको थियो । सोही समारोहमा कन्सुल जनरल भट्टराईले नेपाल फाइनान्सको अनुकरणीय काम भन्दै प्रशंसा गरेका थिए ।


उक्त अवसरमा कार्यकारी प्रमुख धिरजकुमार राईले ऋण प्रवाह मात्रै गरिरहेको फाइनान्सले चाडै रेमिटेन्स सेवा सुरु गर्ने बताएका थिए । उनले नेपालको घरजग्गा क्षेत्रमा पनि लगानी गर्ने सोच रहेको जानकारी गराएका थिए ।

प्रकाशित : वैशाख ३१, २०७५ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?