कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पर्यटन प्रवर्द्धनका लागि जापानका गाँउ र नगरमा नेपालको प्रचार

प्रकाश पन्थी

फुकुओका (जापान) — नेपाली कला संस्कृति र सम्पदाबारे जानकारी दिएर नेपालमा पर्यटन प्रवर्द्धन गर्न जापानमा सक्रिय नेपाली समुदायले गर्दै आएको प्रचारप्रसार कार्यलाई राजधानी  टोकियोसहित फुकुओकामा पनि गरेको छ ।

पर्यटन प्रवर्द्धनका लागि जापानका गाँउ र नगरमा नेपालको प्रचार

नेपाली कला संस्कृति र विश्वसम्पदास्थलको प्रचार कार्यलाई प्रभावकारी बनाउन राजधानी टोकियोबाट १२ हजार किलोमिटर पश्चिम गाउँ र नगरसम्म पुर्‍याइएको हो । केन्द्रमा सिमित प्रचारप्रसारको कार्य अन्तर्गत पहिलो पटक फुकुओकामा दुई दिवसिय नेपाल फेस्टिभल आयोजना गरिएको हो ।


जापानी नागरिकलाई नेपालप्रति आकर्षित गरी पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले राजधानी केन्द्रित प्रचारप्रसारलाई थप प्रभावकारी बनाउन भन्दै फुकुओकामा आइतबार सम्पन्न फेस्टिवलमा १५ हजारभन्दा बढी जापानी तथा नेपालीले अवलोकन गरेका थिए ।


त्यहाँ नेपाली खाना, पोसाक, रेमिट्यान्ससहित सर्वोच्च शिखर सगरमाथा, गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित चितवनको सौराहा लगायतका पर्यटकीय क्षेत्रको प्रचार सामाग्रीसहितका स्टल राखिएका थिए ।


भिन्न उद्धेश्यले विश्वभर छरिएका नेपालीले आफ्नो कला सस्ंकार सँगै विश्वसम्पदा सूचिमा सूचिकृत स्थानको उचित प्रचार गरी पर्यटन प्रवर्द्धनका सघाएको भन्दै जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले फुकुओकावासी नेपालीले गरेको कार्यको प्रसंसा गरिन् । राणाले नेपालमा लगानी भित्र्याउन यस्ता कार्यले मद्दत पुग्ने भन्दै एकजुट भएर गर्न सकिने कामलाई सबै ठाउँबाट प्रोत्साहन भएमा प्रचारप्रसार कार्यले प्राथमिकता पाउने बताइन् ।


नेपाल प्रचार प्रसारको फाइदा जापानमा भएका नेपालीलाई मात्र नभएर स्वदेशका नेपालीलाई हुने भएकाले हरेक वर्ष नेपाल फेस्टिवल आयोजना गरिने निर्णय भएको फेस्टिबल आयोजक समिति एवं फुकुओका नेपाल सोसाइटीका पूर्वअध्यक्ष रामकृष्ण श्रेष्ठले बताए । फुकुओकामा यसअघि नयाँवर्षको अवसर पारेर बैशाखी मेला हुने गरेको थियो ।


टोकियो महानगर क्षेत्रमा पर्यटन आकर्षित भन्दै गरिएका १० औं पटक सम्मका प्रयास प्रभावकारी नभएकाले अबदेखी हरेक वर्ष जापानका अन्य ठाउँमा पनि गर्ने आयोजकले बताएका छन् ।


प्रकाशित : वैशाख ४, २०७५ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?