ओमानमा जनसम्पर्कको प्रथम अधिबेशन - प्रवास - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओमानमा जनसम्पर्कको प्रथम अधिबेशन 

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमानस्थित नेपाली जनसम्पर्क समितिको प्रथम अधिबेशनले फर्सुराम पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

राजधानी मस्कटमा आयोजित अधिशेनले कार्यसमिति चयन गरेको छ । जसमा उपसभापतित्रय बेदनिधि आचार्य, शालिकराम चापागाई र सञ्जयकुमार शाह, महामन्त्रीद्धय नविन पङेनी, युवराज स्वाँर, सहमहामन्त्री अनिल पौडेल, कोषाध्यक्ष लोकनाथ बास्ताकोटी, सहकोषाध्यक्ष दीपेन्द्र अधिकारी रहेका छन् ।


सदस्यहरु क्रमश: रामबहादुर ढुङ्गाना, यामबहादुर सारु मगर, मीनबहादुर पराजुली, पदम गुरुङ, सुविस्ता तामाङ, बिमला पौडेल, गंगा पौडेल, गंगा थापा, मिना रावल, गुनबहादुर साठीघरे मगर, राम चौहान, दिलिप महतो र राजेश कुर्मी रहेका छन् ।

अजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति बनाएको छ । जसमा दिपक पौडेल, बिकल झा, बिनबहादुर बस्नेत र सुरज चित्रकार रहेका छन् ।

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पुर्व श्रम मन्त्री समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रवासी श्रमिकका समस्यालाई सम्बोधन गर्न नीतिगत रुपमा परिवर्तन गर्न आवश्यक रहेको वताए ।


ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले प्रवासमा नेपाली समुदायवीचको आपसी सम्बन्ध हार्दिकता पुर्वक रहनुपर्ने जोड दिएकी थिइन् ।


गैरआवासीय नेपाली संघका सचिव डिबी क्षेत्रीले प्रवासी नेपालीलाई विश्वासमा लिई एनआरएनले राष्ट्रिय महत्वका प्रोजेक्टमा लगानी गर्न आब्हान गर्नुपर्नुको साथै हजारे अभियानको कार्यान्वयन निकै आबश्यक भइसकेको वताए ।


प्रकाशित : माघ १४, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

‘तिङलाको एकता’ले दिएको सन्देश

कुम्भराज राई

ओखलढुंगा — भनिन्छ, ‘एकता नै बल हो’ यसलाई हामी उखानमा सिमित बनाउछौँ । तर सोलुखुम्बुको तिङलाबासीले व्यवहारमा उतारे । त्यही एकताले गर्दा सिँगो नेपाल सरकार तिङलासँग झुक्न बाध्य भयो ।

उनीहरुले व्यक्तिसँग होइन । राज्यसँगै न्याय प्राप्तिका लागि आन्दोलन गरे । अन्तत: न्याय पाए । बिहीबारदेखि नेचासल्यान गाउँपालिकादेखि छुट्टिएर दुधकुण्ड नगरपालिकाबासी भए । सरकारले तिङलालाई न्याय दिएको भन्दै सर्वसाधारणले दिपावली गरे ।
प्रजातन्त्र प्राप्तिका लागि २०३१ सालको टिम्बुरबोटे काण्ड चर्चित काण्ड मध्येको एक हो । टिम्बुरबोटे काण्डमा तत्कालिन काँग्रेसका ३७ जनाले ज्यान गुमाएका थिए । क्याप्टेन यज्ञबहादुर थापासहित राम, लक्ष्मण जस्ता होनहार नेताहरुको ज्यान गएको थियो । सोही घटनाबाट विक्षिप्त भई वीपी कोइरालाले निशस्त्र हुने निधो गरेका थिए । टिम्बुरबोटे तिङलामै पर्छ । त्यतिखेर तिङलाका ६ जना भन्दा बढीले सहादत प्राप्त गरेका थिए । प्रजातन्त्र प्राप्तिका लागि रगत पसिना बगाएको तिङलाले संघीयताको पहिलो गाँसमै ढुँगा चपाउनुपर्‍यो । त्यसैका विरुद्ध उनीहरु एक भए ।

राज्य पुर्नसंरचना आयोगले नयाँ संरचना घोषणा गर्‍यो । सोलुखुम्बुमा आठवटा स्थानीय तह बने । तिङलालाई नेचा सल्यान गाउँपालिकाको वडा नं. ६ मा गाभियो । गाउँपालिकाको केन्द्र अपायक भएको भन्दै शुरु भएको आन्दोलन रोकिएन । उनीहरु शुरुमा आन्दोलित हुँदा तिङ्ला बेकारमा उफ्रिएको भन्दै आलोचना भयो । आफ्नै पार्टीका नेताहरुले आन्दोलन नगर्न सुझाए । तर उनीहरु रोकिएनन् । आन्दोलनले चर्को रुप लियो । केही अगुवाहरुलाई १९ दिनसम्म प्रहरीले पक्राउ गरि थुन्ने काम भयो । उनीहरुको माग सुन्ने काममा सम्बन्धित निकायको कानमा बतास लागेन ।

पार्टी भन्दा माथी उठेर अन्यायको विरुद्ध उत्रिएका तिङलाले राज्यलाई चुनौति दिने सोचिरहेका थिए । त्यतिखेरै सरकारले स्थानीय तहको निर्वाचन मिति घोषणा गर्‍यो । उनीहरुले आफ्नो माग सम्बोधन नभए निर्वाचन बहिष्कार गर्ने घोषणा गरे । आक्रोशित स्थानीय पटक्कै सेलाएनन् । स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले मतपेटिका लिएर मतदानकेन्द्रमा दिनभरि बसे । तर एक मत पनि खसेन । गाउँपालिकाको निर्वाचन मत परिणाम देखेर दलहरु अलिकति झस्किए ।

निर्वाचित प्रतिनिधिविहीन बनेको तिङलाको प्रशासनिक काम वडासचिवको भरमा चलाउनुपर्‍यो । लगत्तै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुने भयो । आफ्नो माग सम्बोधन नभएसम्म सबै चुनाव वहिष्कार गर्ने निधो गरेका तिङलाबासी विपक्षमै उभिए । त्यतिखेर भने एकता टुटाउने प्रयास भएको थियो । तर दलहरुको प्रयास सफल भएन । अन्तत: एकै चरणमा भएको दुई तहको (प्रतिनिधिसभा र प्रदेशसभा) निर्वाचन बहिष्कार गरे । फेरी तिङलाबाट एक भोट पनि खसेन ।
अब भने दलहरुको दिमागको घैंटोमा घाम लाग्यो । प्रतिनिधिसभा र प्रदेशसभाबाट निर्वाचित प्रतिनिधिहरुले पहिलो विजय सभा तिङलामा गरे । तिङलालाई न्याय दिलाउने पहिलो प्रयास हुने उद्घोष गरे । हिजो आन्दोलनको विपक्षमा उभिएर आलोचना गर्ने नेताहरु आफ्नो मुद्दामा झुकेपछि उनीहरुको मनमा थोरै आशा पलायो । फलस्वरुप बुधबार बसेको मन्त्री परिषद्को बैठकले उनीहरुलाई सोलुखुम्बु दुधकुण्ड नगरपालिकामा गाभ्ने निर्णय गर्‍यो । त्यसो त यसअघि नै नेचा सल्यान गाउँपालिकाले दुधकुण्ड नगरपालिकालाई तिङला हस्तान्तरण गर्ने र दुधकुण्ड नगरपालिकाले समाहित गर्ने औपचारिक सहमति भईसकेको थियो । तर संवैधानिक जटिलताले गर्दा कार्यान्वयनमा आउन सकेको थिएन । अब भने कार्यान्वयनको बाटो खुला भयो ।

राज्य पुर्नसंरचना आयोगले स्थानीय तहको घोषणा गरे लगत्तै देशभरिका दर्जनौं स्थानमा असन्तुष्टि देखिएको थियो । आन्दोलन पनि भएका थिए । झट्ट हेर्दा कतिपय स्थानीय तह भोट गनेर दलहरुको पहूंचको भरमा निर्माण गरेको स्पष्टै देखिन्छ । तर त्यसका विरुद्ध दललाई सर्वेसर्वा मान्ने जनताहरु जाग्न सकेनन् । तिङ्लामात्र अपवाद बन्यो । जसले दल भन्दा एक तह माथी उठेर एकताको सन्देश दियो । आफू आबद्ध दलहरुले सिफारिश गरेको निर्णय विरुद्ध उनीहरु आन्दोलित भए ।

आन्दोलनको क्रममा स्थानीय एक नेता ललित कार्कीले भनेका थिए, ‘हामीले राज्यलाई उपेक्षा गरेका हैनौं । बरु उल्टै हामीलाई राज्यले अनागरिक बनाउने कोशिस गरेको छ ।’ उनले तिङलाको एकमात्र मुद्दामा कोही दलका कार्यकर्ता नभएको बताए । पहिलो तिङलाबासी अनि मात्र दलको कार्यकर्ता हुने बताए । गज्जब त के थियो भने चुनाव वहिष्कारका बेला तिङलामा देश विदेशका पत्रकार र अनुगमनकर्ता संस्था पुगेका थिए । उनीहरुले बालबालिका, युवा, वृद्धवृद्धा सबैलाई भेटेर प्रतिक्रिया लिए । तर सबैको जवाफ एउटै थियो, ‘हामीलाई अन्याय गर्ने सरकारको चुनावमा हामी किन सहभागी हुने ?’

तिङला ऐतिहासिक ठाउँ मात्र होइन । प्राकृतिक स्रोत साधनले समेत सुन्दर छ । लेकाली वनक्षेत्र र पानीको स्रोतहरु पर्याप्त छन् । सोलु करिडोरमा निर्माण भईरहेका जलविद्युतहरुको संयुक्त पावर स्टेशन तिङलामै निर्माण भईरहेको छ । सोलु–ओखलढुंगा कालोपत्रे सडकखण्डले बिचमा चिरेको छ । तिङलाको स्रोत साधनको सदुपयोग गर्न सकेमात्र स्थानीय तहलाई टेवा पुग्ने देखिन्छ । हाल तिङला दुधकुण्ड नगरपालिकाको कति नं. वडा हुने भन्ने चाँही निश्चित भईसकेको छैन । वडा हुनका लागि आवश्यक मापदण्डको आधारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले त्यसको टुँगो लगाउनेछ । वडाको टुंगो लागेपछि वडा तहको उप–निर्वाचन गरिनेछ ।

अहिले पनि हाम्रो समाज जात, वर्ग र दलमा यतिसम्म विभाजित छ । कि दलीय असहमतिको कारण सानो काममा खुट्टा तानातान गरेका सयौं उदाहरण भेटिन्छन् । तर फरक दलहरुमा आबद्ध तिङलाले साझा स्वार्थका लागि दल भन्दा माथी उठेर उदाहरण बने । एकता अभावकै कारण यसअघि पुर्नसंरचनाको विरुद्धमा आन्दोलित अन्य ठाउँको आन्दोलन गर्भमै तुहियो । तर तिङलाको एकताले आफ्नो माग पुरा गराई छोडे । तिङलाको एकताबाट आम नेपालीले पाठ सिक्न जरुरी छ ।

kumbha.kantipur@gmail.com

प्रकाशित : माघ १४, २०७४ १९:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×