कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जापानमा भएकाे सडक दुर्घटनमा एक नेपालीको मृत्यु

प्रकाश पन्थी

ओशाका (जापान) — जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङ जिल्लाको बाग्लुङ नगरपालिका–६ का ३० वर्षिय किरण सापकोटा रहेका छन् । उनीसगैं रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।

घटना मंगलबार मध्यरात भएको भएपनि प्रहरीले बुधबार अबेर जानकारी गराएको थियो । २ वर्ष अघि रोजगारीका लागि जापान आएका सापकोटा कुक भिसामा थिए । उनी खानाजावा सहरको एक नेपाली रेष्टुरेन्टमा काम गरेर घर फर्कंदै थिए । अर्का उनका नजिकका आफन्त रहेको प्रहरीले जनाएको छ । दुईजनालाई कारले ठक्कर दिएको थियो ।


टोकियोबाट दक्षिण–पश्चिममा पर्ने इसिखावा प्रान्तको नोमी सहरस्थित राइमारु नगरको चुस्यो सडकमा तिब्र गतिमा गुडेको नम्बर नखुलेको कारले पछाडिबाट ठक्कर दिएको थियो ।


दुईजनाले एउटा साईकल प्रयोग गर्न नपाइने जापानको नियम अनुसार सापकोटा उनका साथी साईकल डोऱ्याएर कामबाट कोमाचु घर जाँदै गर्दा सडक दुर्घटनामा परेको इसिखावा प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै उपचारार्थ स्थानीय हान्सोसाकी अस्पतालले सापकोटालाई मृत्यु भएको घोषणा गरेको थियो ।


बाक्लो हिमपातका कारण सडकमा हिउ जमेर सहजताका लागि घुमेर राजमार्ग हुँदै घर जाने क्रममा भएको दुर्घटनाबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको जनाएको छ । गति गुमाएर दुर्घटनामा परेको कारका चालक र घाइतेको उपचार भइरहेको प्रहरी जनाएको छ ।


प्रकाशित : माघ ४, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?