कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भर्जिनियामा ल्होछार मनाइयो

वासिंटन डीसी — ग्रेटर वासिंटन तमु समाजले अमेरिकाको भर्जिनियामा खि ल्होछार मनाएको छ । कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्कीले प्रमुख अतिथिका रुपमा उपस्थित थिए । 

भर्जिनियामा ल्होछार मनाइयो

कार्यक्रममा राजदुत डा. कार्कीले प्रवासमा पनि आफ्नो जातीय भेषभूषामा उपस्थित भएर नेपाली संस्कृतिको प्रबर्द्धन गरेकोमा प्रशंसा गरे । कार्यक्रममा साँस्कृतिक कार्यक्रमहरु पनि देखाइएको थियो । त्यसमा गुरुङ र गैरगुरुङ दुवै थरी कलाकारहरुले प्रस्तुति दिएका थिए ।


कार्यक्रममा जिरे खुर्सानीका हाँस्य कलाकार शिवहरी पौडेल, लोकगीत गायक रामप्रसाद खनाल, दोहोरी गायिका मञ्जु पुनले प्रस्तुती दिएका थिए । कार्यक्रममा गुरुङको संस्कृतिको रुपमा चिनिएको सेर्का नृत्य पनि देखाइएको थियो । यो नृत्य बिशेष गरेर मृत्यु संस्कारसंग सम्बन्धित छन् ।


प्रकाशित : माघ २, २०७४ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?