२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

जापानमा सामुहिक टिका

प्रकाश पन्थी

टोकियो(जापान) — तिहारको अवसर पारेर जापानमा सामुहिक टिका लगाइएको छ ।

कला संस्कृतिको जर्गेना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले सामुहिक रुपमा टिका थापेका हुन् ।

जापानमा सामुहिक टिका

तिहारको अवसर पारेर जापानमा सामुहिक टिका लगाइएको छ ।

कला संस्कृतिको जर्गेना र दिगो शान्तिको कामना गर्दै जापानका नेपालीले सामुहिक रुपमा टिका थापेका हुन् । निष्ठा र दिर्घायु तथा दानदक्षिणा दिएर मनाइने भाइटिका पर्वमा एकआपसमा परिचित नभएका समेत टिका र माला लगाएर दाईभाई र दिदीबहिनी बने । भाइटिकामा गरिएको यो कार्यलाई उनीहरुले विविधतामा एकताको सन्देश भएको बताएका छन् ।

देउसीभैलोबाट सुरु भएको विविधताका एकताको प्रयास भाईटिकाको दिन सामुहिक टिका लगाइएको हो । भाइटिका साइत अवेर भएकाले धेरैजनाले ३ बजेपछि लगाएका थिए । बढ्दो नेपालीको उपस्थितिसँगै ओशाका,नागोया,फुकुओका लगायतका स्थानका नेपालीले पञ्चांग निर्णायक समितिको साइत भन्दै ११ बजेर ५१ मिनेटको शुभकार्यलाई जापानी समय अनुसार ३ बजेर ५ मिनेटमा टिका लगाएका नागोयाका अनुप पौडेलले बताए ।

कतिपयले बेलुका कामबाट निस्केर दिदीबहिनी भएको स्थानमा गएर टिका लगाएको र देउसीभैलोमा प्राप्त गरेको दक्षिणा सहितका दृष्य सामाजिक सञ्जालमा अपलोड भएका छन् । कुकुरलाई माला लगाएर तिहार भित्राएका यहाँका नेपालीले नेपालमा जस्तै सेल रोटी,फिनी र लड्डु,रसबरी लगायतका मिठा परिकार बनाएको र मादल,गितारमा भटाएर नाचेको परम्परागत देउसी भैलोमा जापानी नागरिक उत्साहित भएका थिए ।

उनीहरुले जानेको नेपाली कला संस्कारलाई भटाएर देशमा दिगोशान्तिको कामना पनि गरेका छन् । टोकियोका धेरै स्थानमा समुह बनाएर सामुहिक रुपमा खेलेको देउसी भैलोमा तडक भडक र बढ्दो बिकृति हटाउन पछिल्ला दिनमा बढ्दो साउण्ड स्पिकरको प्रयोग गरेनन् । मोवाइल पनि नबजाएका उनीहरुले परम्परागत महत्व झल्काउन एकआपसमा को कहाँबाट आएको र के जात नभनी नेपाली दाईभाई र दिदीबहिनी भनेका थिए ।

भाइटिकालाई लक्षित सप्तरंगी फुल,टिका,माला र मिठा परिकार बाहिरै बिक्रिका लागि राखिएका पसलमा जापानीसँगै अन्य विदेशी घोरिएका र कामले बनाउन नसकेका नेपाली शनिवारसम्म किन्न पुगेका दृष्य अनौठा थिए । शुक्रवार चितवन समाजले टोकियोको सिनओकुबोमा सुरु भएको देउसीभैलो कार्यक्रम ओकुबो हुदै बाक्लो उपस्थिति भएका अधिकांश स्थानमा गरिएको थियो । यो कार्यआज पनि जापानमा जारी छ ।

तस्वीर म्याटर : दक्षिणाबाटै व्यांग्य: टोकियोमा शुक्रवार प्रर्दशन गरिएको एकलाख भन्दा बढीको दक्षिणा । १० हजार जापानीयानका यी नोट सबैगरि एकलाख भन्दा बढी छन् । देउसीभैलोमा कमाउने र खाने बिकृति बिरुद्ध वामीसेवा समाज जापानका बाबुराम खरेलले पैसासहितको थालि प्रर्दशन गरेका हुन् ।

प्रकाशित : कार्तिक ४, २०७४ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?