१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दशैं मनाउन अष्ट्रेलिया

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियामा रहेका आफ्ना छोराछोरीहरुसँग यसबर्षको दशैं मनाउन गत शनिबार मात्रै करिब डेढ दर्जन अभिभावक नेपालबाट सिड्नी उत्रिए । आज मंगलबार सोही संख्यामा सिंगापुर एयरलाइन्सबाट अभिभावकहरु दक्षिण अष्ट्रेलियाको एडिलेड एयरपोर्ट आइपुगे ।

दशैं मनाउन अष्ट्रेलिया

काठमाडौबाट नै समुहगत रुपमा अष्ट्रेलिया उत्रिएका अभिभभावकहरु अष्ट्रेलिया आइपुगेकोमा दंग मात्र छैनन् कि फरक वातावरणमा परिवारसँग आफ्नो चाडपर्व मनाउन पाउदा मख्ख छन् । यहाँ नेपालीहरुको संख्या बृद्धि भएसँगै आफ्ना परिवारलाई अष्ट्रेलिया बोलाउने क्रममा समेत बृद्धि भएको हो ।

अर्काेतिर अहिले आफ्नो चाडपर्व मनाउन नेपाल जानेमात्र नभएर उत्तिकै संख्यामा अभिभावकहरुलाई अष्ट्रेलिया बोलाउने क्रम बढेको ट्राभल्स ब्यवसायीहरुको अनुभव छ ।

‘नेपाल जान नपाएकाले नै आफ्नो अभिभावकहरुलाई दशैंतिहार मनाउन यहाँ बोलाएको हुँ ।’ आफ्ना सासुससुरा र बाआमा सबैलाई दशैंको अवसरमा अष्ट्रेलिया बोलाएका अशोक केसीले भने । एनआरएनका उपादक्ष्य समेत रहेका केसीका बाआमासँगै अन्य १ दर्जन नेपाली अभिभावकहरु समेत दक्षिण अष्ट्रेलिया उत्रिएका थिए । ‘एकातिर बाआमालाई पनि फरक देशमा चाडपर्व मनाउँदा पक्कै रमाईलो हुन्छ भने आफुहरुले समेत पारिवारिक वातावरणमा चाडपर्व मनाउन पाउँछौं ।’ मंगलबार बाआमालाई लिन एयरर्पाेट आइपुगेका इन्जिनियर राजु उपाध्यायले सुनाए ।

अष्ट्रेलिया आएका अभिभावकहरुलाई नेपालकै जस्तो वातावरण सृजना गर्न बिभिन्न संघसंस्थाहरुले दशैंको समयमा कार्यक्रमहरु समेत गर्ने गरेका छन् भने सामुहिक टीका लगाउने कार्यक्रमहरुको समेत आयोजना गर्ने गरिएको छ । त्यसैगरि अभिभावकहरुलाई लक्ष्य गरेर सामुहिक पिकनिक लगायतका कार्यक्रमहरु समेत आयोजना गर्दै आइएको छ ।

माइग्रेसनको क्षेत्रमा काम गरिरहेका नेपाली ब्यवसायिहरु समेत दशैंतिहार जस्ता मुख्य चाडपर्वमा नेपाली अभिभावकहरु आउने क्रम बढेको सुनाउँछन् । अर्काेतिर यहाँ रहेर स्थायी बासिन्दा र नागरिकता लिइसकेका नेपालीहरु धेरै भएकाले समेत अभिभावकहरु आउने क्रममा बृद्धि भएको उनीहरुको भनाई छ । ‘स्थायी बासिन्दा (पिआर) र नागरिकता लिएका ब्यक्तिका बाआमाहरुलाई सहज भिषा दिने भएकाले नै अभिभावकहरुको संख्या बढेको मान्न सकिन्छ ।’ सिड्नीका ब्यवसायि संजीव पाण्डे भन्छन् ।

प्रकाशित : आश्विन १०, २०७४ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?