कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बाढी पहिरो पीडितलाई जापानबाट २ लाख ८१ हजार जापानीयान सहयोग

प्रकाश पन्थी

टोकियो (जापान) — बाढी र पहिरोबाट घरबार गुमाएका तराईवासीलाई राहत दिन जापानमा संकलित रकममध्ये मंगलबारसम्म २ लाख ८१ हजार जापानीयान पठाइएको छ । राहतका लागि सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये २ लाख ८१ हजार १ सय ५३ जापानीयान बाढी र पहिरोपीडितसम्म पुग्ने गरी मंगलबार पठाइएको हो ।

बाढी पहिरो पीडितलाई जापानबाट २ लाख ८१ हजार जापानीयान सहयोग

बाढी र पहिरोबाट घरबार गुमाएका तराईवासीलाई राहत दिन जापानमा संकलित रकममध्ये मंगलबारसम्म २ लाख ८१ हजार जापानीयान पठाइएको छ ।

राहतका लागि सक्रिय विभिन्न संघ संस्थाका प्रतिनिधिले संकलन गरेको रकममध्ये २ लाख ८१ हजार १ सय ५३ जापानीयान बाढी र पहिरोपीडितसम्म पुग्ने गरी मंगलबार पठाइएको हो । १ सय ११ जनाको मृत्यु र दजनौं बेपत्ता तथा घरबार गुमाएर राहत कुरेका पीडितलाई गैरआवासीय नेपाली सघं (एनआरएनए) जापानको कान्तो र गुम्मा क्षेत्रीय समितिले संकलन रकम पठाएका हुन् ।

एनआरएनए गुम्माले ५० हजार जापानीयान मंगलवार नेपाल पठायो । कान्तो क्षेत्रीय समितिले २ लाख ३१ हजार १ सय ५३ जापानीयान शोमवार पठाएको थियो । पीडितलाई राहत दिलाउन गुम्मा क्षेत्रीय समितिको सोमबार बेलुका बसेको बैठकले तत्कालका लागि ५० हजार जापानीयान सहयोग गर्ने निर्णयानुसार मंगलबार नेपाल पठाइएको हो ।

एनआरएनए कान्तो र गुम्मा क्षेत्रीय समितिले सरकारी माध्यमबाट पीडितसम्म पुग्न समय लाग्ने भन्दै धुर्मुस सुन्तलीले सुरु गरेको विपतमा सबै नेपाली जुटौं, अनिवार्य मानवता र सद्‌भावका लागि सहकार्य भन्ने अभियानमार्फत राहत रकम पठाएको जनाएका छन् । पीडितका लागि राहत भन्दै फुकुओका नेपाल सोसाइटी र टोकियोको सिटिगु्रपले १/१ लाख जापानीयान र सिटी मनि एक्सप्रेस ट्राभलका तर्फबाट कार्यरत कर्मचारीले छुट्टाछुट्टै रुपमा ५० हजार जापानीयान छुट्याएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७४ १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?