कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दमामको गार्डेनमा बस्दै आएका नेपालीलाई एनआरएनद्वारा आश्रय प्रदान

काठमाडौं — गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ । दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

दमामको गार्डेनमा बस्दै आएका नेपालीलाई एनआरएनद्वारा आश्रय प्रदान

गैर आवसीय नेपाली संघ, साउदी अरवले आममाफी प्रक्रियामा सहभागी भएर घर फिर्न चाहेका ३१ जना नेपालीलाई दमाममा आश्रयस्थल दिएको छ ।

दमामस्थित सिको गार्डेनमा खुल्ला आकासमुनी बस्न बाध्य भएपछि एनआरएनले उनीहरुलाई आश्रय दिएको महासचिब तेज थापाले कान्तिपुरलाई वताएका छन् ।

एनआरएन साउदीका अध्यक्ष नारायण पासवान, आरसिसि पुर्वी क्षेत्रीय उपाध्यक्ष रोशन कुमार श्रेष्ठ, दमामका अध्यक्ष लोकेन्द्र सुब्बा, कोषाध्यक्ष शुक्र मोक्तान, कार्गो ब्यबसायी जेन कुमार लामाको संयुक्त टोलीले नेपाली श्रमिकलाई भेटी अस्थाई आवासको व्यवस्था गरिदिएको हो ।
एनआरएनए साउदीको आपतकालिन उद्धार कोषबाट रकम निकासा हुने गरी दैनिक आवश्यक समाग्री, भाँडाकँुडा, चुलो, ग्यास लगायत खाद्यान्यको व्यवस्था गरिएको छ ।

साउदी सरकारद्वारा दिइएको ३ महिने आममाफीको समय सकिनै लाग्दा उनीहरु जेद्दा, जिजान, ताबुक लगायत बिभिन्न ठाँउहरूबाट बहिर्गमनको लागि दमाम आइपुगेका थिए । बस्ने ठाँउ नभएपछि उनीहरु सिको गार्डेनमा वस्न बिवश भएको थियो ।

एसओसए म्यानपावरलाई ७५ हजार नगद बुझाइ ८ महिना पहिले नासिर अल हाजरी कम्पनीमा पुगेका तुल्सीपुर दाङका सुनिल डाँगीले म्यानपावरले भनेको जस्तो नभएपछि कम्पनी छाडेर काम गरेको बताए ।
ती मध्ये १३ जनाले नेपालीले काममा लगाएर तलब नदिएपछि आफुहरुसँग रकम नभएको बताए । तलव नदिएकोले आफुहरू गार्डेनमा बस्न बाध्य भएको पीडितहरू बताउँछन् ।

प्रकाशित : वैशाख २३, २०७४ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?