कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मलेसियाका फिर्ती केन्द्रबाट ४१ नेपाली फर्काईयो

क्वालालम्पुर — मलेसियामा विभिन्न अभियोगमा कानुनी सजायपछि घरफिर्ती केन्द्रमा रहेका ४१ जनाको उद्दार गरिएको छ । नेपाली दूतावासले मलेसियाकै ठूलो फिर्ती कन्द्रहरुमध्येको एक ‘लेङगेङ्ग’ बाट ३८ जना, ‘तेरेङगानु’ बाट १ जना र ‘केलान्तान’ बाट २ जनालाई स्वदेश फर्काइएको जनाएको छ । उनीहरु हवाईटिकट अभावमा महिनौंदेखि ती फिर्तीकेन्द्रहरुमा अलपत्र थिए ।

उनीहरुमध्ये ३ जनालाई गत बुधबार र ३८ जनालाई गत बिहीबार नेपाल फर्काइएको हो । दूतावासले तेरुङगानुबाट रानीपोरिया–३ नवलपरासीका चित्र बिक, केलान्तान फिर्ती केन्द्रबाट चाागी–१ ताप्लेजुङका सुरेन्द्र लिम्बु र विन्ध्यावासिनी–३ पर्साका ब्रुबिहारी साहकानुलाई फकाईएको जनाएको छ ।

उद्दार गरी फर्काइएकामध्ये मृत्युदण्ड सजायबाट सफाई पाएका बारा–२ कलैयाका ललित चौधरी समेत छन् ।

फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई उद्दार गर्न दूतावासले सक्रियता देखाउँदै आएको छ । यसअघि लेङगेङ्ग फिर्तीकेन्द्रमा रहेका नेपालीहरुको अवस्थाबारे थप विवरण लिएपछि दूतावासले पछिल्लोपटक उनीहरुको उद्दार गरेको हो । दूतावासले फिर्ती केन्द्रमा अलपत्र बाँकी नेपालीहरुलाई पनि उद्दार गर्ने कार्य जारी रहेको जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?