कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्री

दिनेशजंग शाह

न्युयोर्क — स्पेनीस क्लब बार्सिलोनाका फुटबल स्टार लियोनेल मेसीको बारेमा नेपाली पत्रकार किरण मरहठ्ठाले निर्माण गरेको डकुमेन्ट्री‘मेसी, द म्यान एट बार्सा’ को प्रिमियर सो अमेरिकामा हुने भएको छ ।

फुटबल स्टार मेसीबारे नेपाली पत्रकारको डकुमेन्ट्री

दुई बर्ष अघि पत्रकार मरहठ्ठाले डेकुमेन्ट्री निमार्णको क्रममा स्पेनीस क्लबबार्सिलोनाको घरेलु मैदान‘नउक्याप’ पुगेर मेसीको अन्तर्वार्ता समेत लिएकाथिए । जुन डकुमेन्ट्रीको प्रमुखआर्कषण रहेको छ । 

नेपाल अमेरिका फिल्म सोसाइटीको आयोजनामा प्रत्येक बर्ष मे ५ देखि ७तारिखसम्म सञ्चालन हुने, नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र विधामा यसपटक सो डकुमेन्ट्री देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । अंग्रेजी, स्पेनिस र कातलानगरि ३ भाषामा निर्माण गरिएको डकुमेन्ट्री ३० मिनेटको रहेको छ । ‘यो डकुमेन्ट्रीले एक नेपाली पत्रकारको अन्तर्राष्ट्रिय क्षमतालाई उजागर गरेको छ, मेसी जस्तो विश्वप्रसिद्व फुटबलस्टारको बारेमा डकुमेन्ट्री निर्माण गर्नु प्रसंसनीय कार्य हो,’ कान्तिपुरसँगको कुराकानीमा महोत्सवका निर्देशक बराइलीले भने ।  

निर्देशक मरहठ्ठाले डकुमेन्ट्री विश्वविख्यात खेलाडि र बार्सिलोनाक्लबलाई नेपाल सँगजोड्ने अभियान भएको दाबी गरे । मरहठ्ठाले भने, 'डकुमेन्ट्रीमा मैले बार्सिलोनाक्लवको अतिरिक्त अर्जेन्टिनी स्टार मेसी र उनको बार्सिलोना टिमलाई नेपालसँग जोड्ने प्रयत्न गरेको छु ।’ नेपालबारे मेसी लगायतअन्य स्टार खेलाडीको प्रतिक्रिया डकुमेन्ट्रीमा समावेश गरिएको छ । 

एसिया, युरोप र अमेरिकाका २० वटा चलचित्रहरु प्रर्दशन गरिने महोत्सवको उद्घाटन दीपक रौनियार निर्देशित ‘सेतो सूर्य’ बाट हुनेछ भने समापन मीनबहादुर निर्देशित ‘कालो पोथी’ बाट हुने कार्यक्रम छ । यूनीभर्सिटी अफ मेरिल्याण्डको होम थिएटर, बाल्टिमोरमा ३ दिनसम्मचल्ने चलचित्रमहोत्सवमा विभिन्न विधामा उत्कृष्ट चलचित्रलाई पुरस्कृत  गरिने निर्देशक बराइलीले जानकारी दिए । 

महोत्सवमा नेपाली डायस्पोरा र चलचित्र विषयक अन्तर्क्रियाको कार्यक्रम पनि राखिएको छ ।

प्रकाशित : वैशाख ११, २०७४ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?