कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सिड्नीमा युवा नेतृत्व विकास कार्यक्रम

नारायण खड्का

अस्ट्रेलिया — नेपाली युवाहरु र अस्ट्रेलियामा रहेका विभिन्न देशका युवाहरुसँग आपसी सम्बन्ध विस्तार र नेतृत्व विकास गर्ने उद्देश्यले सिड्नीमा युवा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ ।

सिड्नीमा युवा नेतृत्व विकास कार्यक्रम



नेपाली युथ लिडरसीप फोरम नाम दिइएको कार्यक्रममा अस्ट्रेलियाका विभिन्न कम्पनीहरुमा सफल बनेका युवाहरु र व्यावसायिक रुपमा सफल बनेका नेपाली युवाहरुसँग अन्तर्क्रिया कार्यक्रम आयोजना समेत गरिएको थियो । कार्यक्रमको मुख्य उद्देश्य विभिन्न संस्कृति र पृष्ठभूमिका युवाहरुलाई नेपाली युवाहरुसँग परिचय गराउने, सीप र ज्ञानको आदानप्रदान गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने रहेको कार्यक्रम आयोजना गरेका प्रमेज श्रेष्ठले जानकारी दिए ।

सिड्नीको अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटीमा आयोजना गरिएको कार्यक्रममा हुमन रिसोर्स कन्सल्ट्यान्ट मरि टेरेस, क्यारोलिन रायन, ह्यारिसन युफिन्डेल, रोबर्ट केनेडी लगायतका सफल युवाहरुका साथै नेपाली युवाहरु विजय पोखरेल, समीम अनवर, जुनीता लामा, संगीत श्रेष्ठ, डिला खरेल, रुषा बराल, सुदीप लिम्बू लगायतले सहभागीहरुसँगको अन्तरक्रियामा सहभागिता जनाएका थिए । यस वर्षका मिस्टर ओसिनिया समेत रहेका कार्यक्रम आयोजक श्रेष्ठले यस किसिमका कार्यक्रमले अन्य देशका युवाहरुसँग आफुहरुले केही सिक्ने र उनीहरुलाई समेत केही सिकाउन मद्दत पुर्‍याउने दाबी गरे ।

युवाहरुलाई समेटेर पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजकको दाबी छ । मुख्य गरेर विद्यार्थी र युवाहरुलाई लक्षित गरेर राखिएको कार्यक्रममा सहभागी युवाहरुले समेत अन्तर्क्रियामा सक्रिय सहभागिता जनाएका थिए । नेपाली र विदेशीहरुबीचमा रहेको कला संस्कृति, भाषा लगायतको अन्तर हटाउन, एकआपसमा नजिकको सम्बन्ध बनाउन र अस्ट्रेलियामा रोजगारी र व्यवसायको अवसरहरुका बारेमा जानकारी लिन समेत कार्यक्रमले सहयोग पुर्‍याएको सहभागीहरुले सुनाए ।

प्रकाशित : फाल्गुन २९, २०७३ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?