कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रमेज र रुषा मिष्टर एण्ड मिस नेपाल ओसिनिया

नारायण खडका

अष्ट्रेलिया — अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिएको मिस्टर एण्ड मिस नेपाल ओसिनियाको उपाधि प्रमेज श्रेष्ठ र रुषा राखि बरालले जितेका छन् । सिड्नीमा आयोजना गरिएको कार्यक्रममा अष्ट्रेलिया र न्युजिल्याण्डका करिब २ दर्जन प्रतियोगिहरुलाई उछिन्दै उनीहरुले उक्त उपाधि हात पारेका हुन् ।

प्रमेज र रुषा मिष्टर एण्ड मिस नेपाल ओसिनिया


 
अष्ट्रेलियामा रहेर यहाँ रहेका नेपाली युवाहरुलाई अघि बढ्न मद्दत गर्दै आएको संस्था युनाईटेड नेप्लिज आर्टस एण्ड इन्टरटेनमेन्टले यस प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा सिड्नीका श्रेष्ठले मिस्टर नेपाल ओसिनियाका साथै मिस्टर युएनएई र मिस्टर साईबरको उपाधि जितेका थिएभने बरालले मिस नेपाल ओसिनियाका साथै मिस साइबरको उपाधि हात पारेकी थिईन् । प्रतियोगिताको फस्ट रनरअप मन्जिल निरौला र रोश्ना पोखरेल, सेकेण्ड रनरअप सञ्जय पराजुली र क्रचा थापाले जितेका छन् ।

प्रत्येक बर्ष आयोजना हुँदै आएको कार्यक्रममा यस बर्षदेखि ओसिनिया क्षेत्रमा पर्ने न्युजिलयाण्ड, पपुवा न्युगिनी र फिजी लगायतका देशमा रहेका नेपाली युवाहरुलाई समेत समेटेर मिस्टर एण्ड मिस नेपाल ओसिनियाको आयोजना गरिएको आयोजक संस्थाका निर्देशक धर्म अधिकारीले जानकारी दिए । उनका अनुसार यसबर्ष न्युजिल्याण्ड र अष्ट्रेलियाका करिब २ दर्जन युवायुवतीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा बिजयीहरुलाई पुरस्कार तथा प्रमाणपत्रहरु बितरण गरिएको थियो । 

कार्यक्रमलाई पारदर्शी र विवादरहित बनाउन अष्ट्रेलियाका ४ जना र नेपाली ३ जनालाई निर्णायकको जिम्मेवारी दिइएको थियो । निर्णायकका रुपमा रहेका भिक्टोरिया बोलोनिया, जुलियाना निकोलिस, साभ परेरा, सोनी टरनर, टोनु घोताने, गोपाल कक्षपती र आफ्नो चलचित्रको प्रदशर्नका लागि अष्ट्रेलिया आइपुगेका नायक आर्यन सिग्देलले आफ्नो आफ्नो निर्णय सुनाएका थिए । 
आयोजकका अनुसार प्रतियोगितामा मिस युएनएई प्रेक्षा अधिकारी, मिस्टर ट्यालेण्ट आशिस भुर्तेल, मिस ट्यालेण्ट अनुजा शर्मा, मिस्टर फोटोजेनिक अशिम श्रेष्ठ, मिस फोटोजेनिक रोश्ना पोखरेल, मिस्टर क्याटवाक उपेन्द्र अर्याल, मिस क्याटवाक समी श्रेष्ठले जितेका थिए । प्रतियोगिताको बेष्ट कस्टयुमको उपाधि सञ्जय पराजुली र रीजु खडकाले हात पारे । 

प्रकाशित : भाद्र ६, २०७३ १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?