२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

अष्ट्रेलियाब्यापी खेलकुद प्रतियोगिता सम्पन्न

नारायण खड्का

अष्ट्रेलिया — प्रत्येक दुई बर्षमा आयोजना हुने अष्ट्रेलियाब्यापी अन्तरराज्य खेलकुद प्रतियोगिता अष्ट्रेलियाको ब्रिसबनमा सम्पन्न भएको छ । ३ दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा अष्ट्रेलियाका बिभिन्न राज्यहरुका साथै न्युजिल्याण्डबाट समेत नेपाली खेलाडीहरुको सहभागिता रहेको थियो ।

अष्ट्रेलियाब्यापी खेलकुद प्रतियोगिता सम्पन्न

अष्ट्रेलियामा रहेका युवाहरुलाई खेलकुदतर्फ समेत आकर्षित गर्ने उद्देश्यले प्रत्येक दुई बर्षमा यो प्रतियोगिताको आयोजना हुने गरेको छ । यसबर्ष आयोजना गरिएको प्रतियोगितामा फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस, टेनिस, गल्फ र दौड खेल सहभागि थिए । प्रतियोगितामा अष्ट्रेलियाका सिड्नी, मेलबर्न, ब्रिसबन, एडिलेड, पर्थ, डार्विन र क्यानबेराका साथै न्युजिल्याण्डका गरि ४ सय बढी खेलाडीहरुको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ । नेप्लिज एसोसिएसन अफ क्युन्सल्याण्डको आयोजना र एनआरएन क्युन्सल्याण्डको सहकार्यमा सम्पन्न उक्त प्रतियोगिताका बिजेताहरुलाई ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिता बिभिन्न उमेर समूहमा खेलाइएको थियो भने एकल, डबल र मिक्स गरि ३ चरणमा प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगिताको फुटबलतर्फको उपाधि क्युन्सल्याण्डको गोर्खा फुटबल क्लबले जितेको थियो भने क्रिकेटको उपाधि मेलबर्नले हात पारेको थियो । ब्याडमिन्टनमा एकलतर्फ आयसा पोखरेल, सञ्जय श्रेष्ठ,  प्रिया गुरुङ, दीपक रेग्मी, केश गुरुङले जित हात पारेका थिए भने डबलतर्फ प्रताप श्रेष्ठ, सञ्जय श्रेष्ठ, लिजम मास्के, मन्दिप श्रेष्ठ र प्रिया गुरुङ र मेनुका केसीले उपाधि जित्न सफल भएका थिए । मिक्सतर्फ भने अभिमन्यु केसी र प्रिया गुरुङले उपाधि चुमेका थिए ।

यसैगरि अजय सुवाल र कुलदीप प्रधानले पुरुषतर्फको टेबलटेनिस प्रतियोगिताको उपाधि चुमेका थिए भने डबलतर्फ मिन शाह र अजय सुवालले जित हासिल गरेका थिए । मिक्स डबलमा कुलदीप प्रधान र एलिजा ओन्टा ओल्डसले र महिला एकलतर्फको उपाधि एलिजा ओन्टा ओल्डले जितेकी थिईन् । १५ बर्षमुनिको केटातर्फको कुलन प्रधान र केटीतर्फको प्रिसा प्रधानले जितेकी थिईन् । टेनिसको उपाधि भने प्रन्जल कायस्थ र विष्णु हमाल र डबलतर्फको उपाद्दि विष्णु हमाल र दीलिप भारतीले जितेका थिए । दौडतर्फको उपाधि डुबिन कँडेल, ज्योति राजभण्डारी, सरर्बदा बस्नेत र जेन्नी ओन्ताले जितेका थिए । कार्यक्रममा ५ किलोमिटर दौड सफलतापुर्वक पुरा गरेकोमा सम्मान स्वरुप ७९ बर्षिय भगवती रेग्मीलाई विशिष्ट अवार्डले सम्मान गरिएको थियो ।

अष्ट्रेलियामा रहेका नेपालीहरुका लागि सबैभन्दा ठुलो खेल प्रतियोगिता मानिएको यस खेलले सबै राज्यमा रहेका नेपालीहरुलाई एकजुट बनाउने प्रतियोगितामा सहकार्य गरेको एनआरएन क्युन्सल्याण्डका संयोजक अभिमानसिंह बस्नेतले बताए । यहाँका नेपालीहरुका लागि दुई बर्षमा हुने यो खेल प्रतियोगिता महत्वपुर्ण रहेको दाबी गर्दै यसलाई अझ निरन्तरता दिइने समेत उनले जानकारी दिए ।

प्रकाशित : चैत्र १६, २०७२ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?