अमेरिकामा ल्होछार

वासिंगटन डीसी — अमेरिकाको राजधानी वासिंगटन डीसी र र वरिपरिका राज्यहरुमा बसोवास गर्ने प्रवासी तमु (गुरुङ) समुदायले आइतबार ल्होछार मनाएका छन् । १५ पुसको साँझलाई नयाँ वर्ष पूर्वसन्ध्याको रुपमा मनाउने चलन रहेको छ ।

अमेरिकामा ल्होछार

नेपालमा १५ पुसको दिनलाई नयाँ वर्षको रुपमा मनाउादै आए पनि यहाँ सबैको सजिलोको लागि आइतबार साँझ नै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रम भर्जिनियाको हर्नडनमा आयोजना गरिएको थियो ।

ग्रेटर वासिंगटन तमु समाजले अयोजना गरेको ल्होछार कार्यक्रममा वासिंगटन डीसी, भर्जिनिया र मेरिल्याण्डमा बसोबास गर्ने तमु तथा अन्य समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिता थियो ।

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रमलाई औपचारिक र साास्कृतिक कार्यक्रम गरी दुई भाग बाँडिएको थियो । नेपाल र अ‍ेमेरिका दुवै देशका राष्ट्रिय गान बजाएर सुरु भएको कार्यक्रममा अमेरिकामै बसोबास गरिरहेका नेपाली कलाकारहरुले प्रस्तुति दिएका थिए ।

कार्यक्रममा राजदूत कार्कीले नेपालीपनको जगेर्नाका लागि यस्ता कार्यक्रमहरुले सहयोग पुर्‍याउने उल्लेख गर्दै सबैमा शुभकामना व्यक्त गरेका थिए । आयोजक संस्था समाजका अध्यक्ष्य नन्द तमुले परदेशमा विभिन्न कठिनाइका बाबजुद नेपाली संस्कृतिको जगेर्न र पहिचानको संरक्षणको लागि ल्होछार आयोजना गरिएको बताएका थिए ।

प्रकाशित : पुस १४, २०७२ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?