सिड्नीमा नेपालीको स्वामित्वमा कलेज

नारायण खड्का

अष्ट्रेलिया — अष्ट्रेलियाको सिड्नीमा नेपाली ब्यवसायीहरुले आफ्नै स्वामित्वम अष्ट्रेलियन हार्वर इन्टरनेसनल कलेज (एचआईसी) स्थापना गरेका छन् ।

सिड्नीमा नेपालीको स्वामित्वमा कलेज

उच्च अध्ययनका लागि अष्ट्रेलिया आउने विद्यार्थीहरुलाई सहज होस भन्ने उद्देश्यले आफूहरुले कलेज स्थापना गरेको उनीहरुले बताएका छन् ।

सिड्नीको मुख्य व्यवसायिक स्थल टाउनहलमा स्थापन गरिएको उक्त कलेजमा अहिले डिप्लोमा तहसम्मको अध्यापन गराइनेछ । ब्यवसायिहरु सुमन भेटवाल र मातृका विमलीले उक्त कलेजको स्थापना गरेका हुन् । यही फेब्रअरीदेखि नियमित कक्षा सञ्चालनमा आउने उक्त कलेजले अहिले एकाउन्टिङ्ग, माकेटिङ्ग र बिजनेस बिषयमा सर्टिफिकेट फोर र डिप्लोमा तहसम्मको अध्ययापन सुरु हुनेछ । सञ्चालक मध्येका एक भेटवालले करिब ९० जनाले अध्ययनका लागि भर्ना लिइसकेको र भविश्यमा कक्षाहरु थप गर्दै लैजाने बताए । जम्मा ४ सय ९५ जना विद्यार्थीको अध्यापन अनुमति लिइएको यस कलेजले नेपालीमात्र नभएर अन्य विदेशी बिद्यार्थीहरुलाई समेत अध्यापन गराउनेछ ।

अहिले बजारमा उपलब्ध हाइटेक प्रविधिीहरु जडान गरेर कक्षाकोठाहरु निर्माण गरिएको र सबै कक्षाकोठामा प्रोजेक्टर, कम्प्युटर र नयाँ सफ्टवेयरहरु जडान गरिएको सञ्चालकद्धयले जानकारी दिए । विद्यार्थीहरुलाई समयसापेक्ष र प्रभावकारी अध्ययनको वातावरण दिने किसिमले अध्यापन प्रणालीमा ध्यान दिइएको समेत उनीहरुले बताएका छन् । ‘हाम्रो यो ब्यवसाय भएपनि हामीले विद्यार्थीहरुको शिक्षा र भविश्यमा मध्यनजर गरेर कक्षाहरु सञ्चालन गरिरहेका छौं । अर्का सञ्चालक मातृका बिमलीले कान्तिपुरसँग भने– यसले नेपालबाट उच्च शिक्षा र सहज भविश्यको खोजीमा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुलाई समेत सहज हुने हाम्रो विश्वास छ ।’

फष्ट च्वाइस नामक कन्सलटेन्सी स्थापना गरेर शिक्षा सम्बन्धि ब्यवसायमा लागिपरेका उनीहरुले यसपहिले पनि बिद्यार्थीहरुलाई उच्च शिक्षाका लागि अष्ट्रेलिया आउन मद्दत पुर्‍याउँदै आएका छन् । १७ जनाको एकेडेमिक टिम रहेको उक्त कलेजले भविश्यमा अष्ट्रेलियाको श्रमबजारमा आवश्यक बिषयहरुलाई मध्यनजर गरेर थप कोर्षहरु अध्ययन गराइने योजना बनाएको छ । अष्ट्रेलियामा वकालात समेत गर्दै आएका भेटवालले कोर्ष तयार गर्नुअघि पनि बजारमा कुन सीप र योग्यता भएका जनशक्तिको माग छ भन्ने बारेमा अध्ययन गरिएकाले समेत अध्ययन सकेपछि विद्यार्थीहरुलाई श्रमबजारमा रोजगारी पाउन सहज हुने दाबी गरे ।

प्रकाशित : पुस ११, २०७२ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?