ओमानमा २ नेपालीको मृत्यु

होम कार्की

दोहा — वैदेशिक रोजगारीको लागि ओमानमा कार्यरत दुई नेपालीको मुत्यु भएको छ । गैरआबासीय नेपाली संघ, ओमनका सचिब पुर्णबहादुर श्रेष्ठका अनुसार मृत्यु हुनेमा शिकारकोट–२, पाल्पाका भवन सिंह गाहा र हटिया–७, बाग्लुङका गमबहादुर खत्री छन् ।


४ बर्षदेखि ओमानमा कार्यरत २८ बर्षिय गाहाको सुतिरहेको अबस्थामा अगस्ट २१ मा मृत्यु भएको हो । उनी सीसीसी कम्पनीमा कार्यरत थिए ।
३१ बर्षिय खत्रीले भने क्याम्प बाहिर रहेको रुखमा झुन्डिएर आत्महत्या गरेका हुन् । अगस्ट २५ मा भुन्डिएको अबस्थामा फेला परेका थिए । दुई बर्षदेखि जहुर अन्मार ट्रेडिङ कम्पनीमा कार्यरत खत्रीको आत्महत्याको कारण खुलेको छैन ।
ओमनस्थित नेपाली दुतावासका श्रम सहचारी भवनाथ खतिवडाले दुवै मृतकको शवलाई नेपाल पठाउने कार्य भइरहेको जनाएका छन् ।

प्रकाशित : भाद्र १०, २०७२ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?