चन्द्रागिरी हिल्सलाई 'उत्कृष्ट गन्तब्य' पुरस्कार

कान्तिपुर संवाददाता

नयाँदिल्ली — चन्द्रागिरी हिल्स प्रालि भारतको राजधानी नयाँदिल्लीमा आयोजित १४ औं वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटि तथा ट्राभल अवार्ड कार्यक्रममा नेपालकै उत्कृष्ट पर्यटकीय गन्तब्यबाट पुरस्कृत भएको छ । 

नेपालीहरुमाझ मात्र नभएर पछिल्लो समय नेपाल जाने भारतीय पर्यटकहरुका लागि पनि आकर्षक पर्यटकस्थलका रुपमा चिनिँदै गएको चन्द्रागिरी हिल्स ‘नेपाल्स बेष्ट टुरिष्ट डेष्टिनेसन अवार्ड’ बाट पुरस्कृत भएको हो ।


शुक्रबार साँझ दिल्लीमा आयोजित कार्यक्रममा भारतका सामाजिक न्याय तथा सशक्तिकरण केन्द्रिय राज्यमन्त्री रामदास अठवालेले चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकाललाई उक्त पुरस्कार प्रदान गरेका थिए ।


कार्यक्रममा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमलाई नेपाल र भारतबीच ‘बेष्ट कनेक्टिगं एअरलाइन्स् अवार्ड’, मझोगं क्यासिनोलाई ‘बेष्ट क्यासिनो अवार्ड’ बाट पुरस्कृत गरिएको थियो । साथै नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा व्यक्तिगतरुपमा योगदान दिएवाफत सोल्टी होटलका महाप्रबन्धक उपौल मजुमदारलाई पनि सम्मान गरिएको थियो ।

प्रकाशित : आश्विन २०, २०७५ १२:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गोठमा बेवारिसे शिशु भेटियो

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका–८ दोखु सिरान गाँउको एक गोठमा बेवारिस शिशु फेला परेको छ । शनिबार बिहान महिलाले लगाउने लुङ्गी र बर्कोले पोको पारेर घाँसमाथि राखेको अवस्थामा शिशु फेला पारेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी काशीनाथ रेग्मीले बताए ।

रेग्मीकाअनुसार ती शिशु नरबहादुर गुरुङको गोठ छेउमा भेटिएका हुन् । स्थानीयले सुकेटार विमानस्थल सुरक्षा गार्डलाई खबर गरेपछि प्रहरी र स्थानीयले विमानस्थलसम्म ल्याएका थिए । प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले आफ्नै गाडि पठाएर सुकेटार देखि उपचारकालागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको छ । शिशुको अवस्था सामान्य जस्तो देखिएको प्रहरीले जनाएको छ ।

बालक भेटिएको स्थल सुकेटार विमानस्थल देखि आधा घण्टाको दुरीमा पर्छ । शिशु जन्मेको तीन/चार दिन भएको हुनसक्ने अनुमान गरिएको छ । बच्चा कस्ले छोडेकाे भन्ने बारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित : आश्विन २०, २०७५ १२:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×