झापा-५(२) मा एमालेका थापा विजयी- क्रिकेट विश्वकप - २०१९ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापा-५(२) मा एमालेका थापा विजयी

अर्जुन राजवंशी

बिर्तामोड — झापा क्षेत्र नं. ५ (२) मा एमालेका होमबहादुर थापा निर्वाचित भएका छन् ।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार थापाले गठबन्धनअन्तर्गत माओवादी केन्द्रका गगन पुरीलाई ६ हजार ८ सय १४ मतान्तरले पराजित गरे ।

निर्वाचित थापाले २४ हजार १ सय २९ मत पाए । पुरीले १७ हजार ३ सय १५ मत पाएका छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्

झापा-४ मा एमालेका साँवा निर्वाचित

अर्जुन राजवंशी

झापा — झापा क्षेत्र नं. ४ मा प्रतिनिधिसभा सदस्यमा एमालेका लालप्रसाद (एलपी) साँवा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका देउकुमार थेवेलाई ६ हजार ८ सय ६७ मतान्तरले निर्वाचित भएका हुन् ।

बिहीबार मध्यान्ह सार्वजनिक अन्तिम मतपरिणामअनुसार निर्वाचित सावाँले २९ हजार ३ सय १५ मत पाएका छन् । निकटतम् प्रतिस्पर्धी थेवेले २२ हजार ४ सय ४८ मत मात्र प्राप्त गरे ।

२०७४ को निर्वाचनमा पनि उक्त क्षेत्रबाट साँवा र थेवेबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला पनि साँवा थेवेलाई १६ हजार बढी मतान्तरले पराजित गर्दै पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ १३:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×