प्लेयर्स टु वाच : न्युजिल्यान्डका रस टेलर

एएफपी

म्यानचेस्टर — रस टेलरले भारतसँग सेमिफाइनलमा बनाएको ७४ रनको इनिङ्सलाई सायदै भुल्ने छन् । उनको यही प्रयासले न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनलमा पुग्न उल्लेखनीय भूमिका खेलेको थियो ।

प्रतियोगितामा उनले तेस्रो पटक अर्धशतक बनाएका हुन् । बंगलादेशसँगको पहिलो खेलमा ८२ रन जोडेका टेलरले प्रतियोगितामा ३ सय ३५ रन बनाइसकेका छन् ।

न्युजिल्यान्डबाट सर्वाधिक रन बनाउनेमा उनीभन्दा अगाडि कप्तान केन विलियम्सनमात्र छन् ।

प्रकाशित : असार २७, २०७६ १०:५०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

प्लेयर्स टु वाच : न्युजिल्यान्डका म्याट हेनरी

एएफपी

म्यानचेस्टर — हेनरीले भारतसँगको सेमिफाइनलमा म्यान अफ द प्रदर्शन गरेका थिए । उनले ३ विकेट लिँदै निकै बलियो मानिएको भारतीय ब्याटिङलाई तितरबितर बनाएका थिए ।

उनले भारतीय ओपनरद्वय रोहित शर्मा र लोकेश राहुललाई समान १ रनमा आउट गरी न्युजिल्यान्डलाई विजयको बाटो देखाएका थिए भने त्यसमा दिनेश कार्तिकको विकेट पनि थपेका थिए । जारी विश्वकपमा उनले १३ विकेट लिइसकेका छन् ।

प्रकाशित : असार २७, २०७६ १०:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×