१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बंगलादेशी प्रशिक्षक बर्खास्त

एएफपी

ढाका — बंगलादेशी क्रिकेट पदाधिकारीले विश्वकपमा टिमको खराब प्रदर्शनपछि प्रशिक्षक स्टिभ रोड्सलाई हटाइएको घोषणा गरेका छन् । ‘हामीले एकापसमा छुट्टिने निर्णय गरेका छौं,’ बंगलादेशी क्रिकेट बोर्डका प्रमुख कार्यकारी निजामुद्दिन चौधरीले भनेका छन्, ‘यो निर्णय तुरुन्त लागू हुनेछ ।’

बंगलादेशी टिम घर फर्केयता प्रशिक्षक बर्खास्त भएको समाचार आएको हो । बंगलादेशले लिग चरणमा खेलेका ८ मध्ये ३ खेलमात्र जितेका थियो । बंगलादेशको तीनै टिम राम्रो प्रदर्शन गर्न संघर्षरत दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तानविरुद्ध थियो । हारमा पनि भारत, अस्ट्रेलिया र न्युजिल्यान्डविरुद्ध भने बंगलादेशले राम्रो खेलेको थियो ।


गत वर्ष जुनमा मात्र मुख्य प्रशिक्षक रोड्स बंगलादेशी टिमसँग जोडिएका थिए । उनकै नेतृत्वमा आयरल्यान्डमा भएको धेरै टिम सहभागी प्रतियोगिताको उपाधि बंगलादेशले पहिलोपल्ट जितेको थियो । बंगलादेशी बोर्डसँग अर्को वर्षको आईसीसी वर्ल्ड ट्वान्टी–२० सम्म उनको अनुबन्ध थियो ।


तर एकदिवसीय विश्वकपमा टिमको प्रदर्शन अपेक्षित रहन नसकेपछि रोड्स बर्खास्तगीमा परे । बोर्डले श्रीलंका भ्रमणमा निस्कने बंगलादेशी टिममा रोड्स नरहने जनाएको छ । अर्को महिना बंगलादेशले त्यहाँ तीन एकदिवसीय खेलको शृंखला खेल्दै छ । तीनै खेल कोलम्बोको प्रेमदासा स्टेडियममा हुनेछ । ‘हामीले चाँडै नयाँ प्रशिक्षक घोषणा गर्नेछौं,’ बोर्डका मिडिया कमिटी प्रमुख जलाल जुनिसले भनेका छन् ।


बोर्डले टिमका बलिङ प्रशिक्षक कर्टनी वाल्ससँगको अनुबन्ध पनि नबढाउने निर्णय गरेको छ । स्पिन बलिङ प्रशिक्षक सुनील जोशीसँगको अनुबन्धबारे भने निर्णय भएको छैन । बोर्डले वाल्ससँग सन् २०१६ मा तीनवर्षे अनुबन्ध गरेको थियो । जोशी भने गत वर्ष नियुक्त भएका थिए । विश्वकपमा बंगलादेशको बलिङ प्रदर्शन कमजोर रहेको थियो ।

प्रकाशित : असार २५, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?