कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कश्मीरको पक्षमा ब्यानर

(एएफपी)

लिड्स — एकदिवसीय विश्वकपअन्तर्गत शनिबार हेडिङ्ले रंगशालामा भारत र श्रीलंकाबीचको खेल भइरहेको समयमा ‘कश्मीरका लागि न्याय’ र ‘भारत नरसंहार अन्त्य गर र कश्मीरलाई स्वतन्त्र गर’ लेखिएको ब्यानर उडाइएको छ । 
गत साता यही रंगशालामा पाकिस्तान र अफगानिस्तानबीचको खेलमा पनि यस्तै खाले ब्यानर प्रदर्शन गरिएपछि इंग्ल्यान्ड र वेल्समा जारी एकदिवसीय विश्वकपमा भएको यो दोस्रो घटना हो ।

सन् १९४७ मा बेलायती उपनिवेश अन्त्य भएपछि कश्मीरलाई भारत र पाकिस्तानबीच विभाजन गरिएको छ । तर दुवैले यो हिमालय क्षेत्रमा पूर्ण रूपमा आफ्नो अधिकार दाबी गरिरहेका छन् । पछिल्लो दुई दशकमा यस क्षेत्रमा भएको सशस्त्र युद्धमा ७० हजारभन्दा बढीको ज्यान गइसकेको छ । मारिनेमा अधिकांस निहत्था सर्वसाधारण छन् ।


‘हामी यो कुरामा निरास छौं किनकि यस्तो घटना दोहोरिएको छ,’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को वक्तव्यमा भनिएको छ, ‘हामी आईसीसी पुरुष एकदिवसीय विश्वकपमा कुनै पनि प्रकारको राजनीतिक सन्देश दिँदैनौं ।’


‘पूरा प्रतियोगिताक्रममा हामीले यस्ताखाले विरोध प्रदर्शन रोक्नका लागि देशभरका पुलिससँग मिलेर काम गरिरहेका छौं । पछिल्लो घटनापछि हामीलाई वेस्ट योर्कसायरका प्रहरीले यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । तर पुन: दोहोरिएकोमा हामी निकै असन्तुष्ट छौं,’ आईसीसीले भनेको छ ।


गत साता पाकिस्तान र अफगानबीचको लिग चरणको खेलमा समर्थकबीच झडप भएको थियो । त्यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । खेलमा मैदानबाट देखिने गरी ‘बलोचिस्तानका लागि न्याय’ उल्लेखित ब्यानर प्रदर्शन गरिएको थियो ।


बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र गरिब राज्य हो, जुन अफगानिस्तान र इरानको सीमाक्षेत्रमा अवस्थित छ । यहाँ इस्लामवादी र साम्प्रदायिक विद्रोहीका लागि सुरक्षित क्षेत्र मानिन्छ । सन् २००४ यता पाकिस्तानी सेनाले आतंकवादीविरुद्ध युद्ध गरिरहेका छन् । आतंकवादीले अक्सर सुरक्षाकर्मीलाई निसाना बनाउँदै आएका छन् ।


प्रकाशित : असार २२, २०७६ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?