२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

राबाडाले सिकेको पाठ

एएफपी

लन्डन — विश्वकपमा आफ्नो चुनौती समाप्त भएको पीडाबाट गुज्रिरहेको दक्षिण अफ्रिकी बलर कागिसो राबाडाले टिमको खराब प्रदर्शनबाट पाठ सिक्नुपर्ने बताएका छन् ।

राबाडाले सिकेको पाठ

फाफ डु प्लेसिसको टिम दुई खेल खेल्नु अगाडि नै लर्ड्समा पाकिस्तानको हातबाट पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो । विश्वकप इतिहासमा दक्षिण अफ्रिका नकआउट चरण पुग्न असफल यो दोस्रोपल्ट मात्र हो ।


तीव्र गतिका बलर राबाडा टिमले बेहोरेको खराब प्रदर्शनबाट पनि सिक्ने धेरै अवसर हुने मान्छन् । उनले भने, ‘खेलमा केही यस्ता मोड पनि आए, जसमा हामी निकै भाग्यमानी रह्यौं । तर केहीमा हाम्रो प्रदर्शन निकै फितलो रह्यो । यी सबैमा पनि हामीले सिक्ने धेरै अवसर पाएका छौं । त्यसैले पनि हामी क्रिकेट खेल्छौं । क्रिकेटमा केही पनि सजिलो छैन । मैदानमा प्रवेश गरेर खेल्नु निकै कठिन छ । खेलमा खुसी पनि हुन्छ, दुःख पनि ।’


घर फर्कनु अगाडि दक्षिण अफ्रिकाले श्रीलंका र अस्ट्रेलियाको सामना गर्नेछ । दक्षिण अफ्रिकाको खराब प्रदर्शनलाई लिएर टिमका पुराना स्टार खेलाडी ज्याक कालिसले इंग्ल्यान्डबाट सिक्नुपर्ने बताएका छन् । कालिसका अनुसार चार वर्षअगाडि इंग्ल्यान्डको प्रदर्शन पनि खराब रहेपछि टिमले सही दिशा तय गर्न कठिन मिहिनेत गरेको थियो । त्यसैलाई इंगित गर्दै राबाडाले भने, ‘अबको लक्ष्य भनेको सकारात्मक रहने र राम्रो प्रदर्शन गरेर पुनरागमन गर्ने नै हो ।’


राबाडा आफैं पनि यसपल्टको विश्वकपमा सबैभन्दा निराशाजनक प्रदर्शन गर्ने खेलाडीमा रहेका छन् । उनले ५०.८३ को औसतमा ६ विकेटमात्र लिएका छन् । इन्डियन प्रिमियर लिगमा प्रभावशाली प्रदर्शन गरेयता उनले आफ्नो टिमका लागि विश्वकपमा त्यस्तै खेल दोहोर्‍याउन सकेनन् । यसलाई लिएर उनले भने, ‘आईपीएलमा मैले अपेक्षाअनुसार प्रदर्शन गर्न सकें तर विश्वकपमा मेरो प्रदर्शन त्यस्तो रहेन । मैले योभन्दा राम्रो प्रदर्शन गर्नुपर्ने थियो ।’

प्रकाशित : असार ११, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?