कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तीन मुख्य प्रतिस्पर्धा

एएफपी

लण्डन — विश्वकपकाे बहुप्रतीक्षित खेलमध्ये एक इंग्ल्यान्ड र अष्ट्रेलियाले मंगलबार प्रतिष्पर्धा गर्दै छन् । आयाेजक टाेली इंग्ल्यान्डले अहिलसम्म पािकस्तान र श्रीलंकासँग दुई हार बेहाेरेकाे छ । समान ६ खेल खेलेकाे अष्ट्रेलियाले ५ खेल जितेकाे छ भने भारतसँग हारेकाे छ । यस खेलमा हुने मुख्य ती प्रतिष्पर्धा यस्ताे छ :

तीन मुख्य प्रतिस्पर्धा

वार्नरविरुद्ध आर्चर : शीर्षक्रममा टक्कर

तीव्र गति र कलासाथ जोफ्रा आर्चरले इंग्ल्यान्डको बलिङ आक्रमणलाई नयाँ आयाम दिएका छन् । अस्ट्रेलियाका मिचेल स्टार्क र पाकिस्तानका मोहम्मद अमिरसँगै सर्वाधिक १५ विकेट लिएका उनी उत्कृष्ट बलरको शीर्ष तीनभित्र छन् । बार्बाडोसमा जन्मिएका यी बलरले क्रिस वोक्स र मार्क उडसँगको समन्वयमा इंग्ल्यान्डको तर्फबाट प्रभावशाली बलिङ क्षमताको विकास गरेका छन् । जसले विपक्षीको शीर्षक्रम ध्वस्त पार्ने क्षमता राख्छ ।


बल टेम्परिङ प्रकरणमा एकवर्षे प्रतिबन्ध बेहोरेपछि पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका वार्नरले अस्ट्रेलियाली शीर्ष क्रममा आफूलाई पुनः प्रमाणित गरिसकेका छन् । उनले अफगानिस्तानविरुद्ध पहिलो खेलमा १ सय १४ बलमा ८९ रनको निर्णायक विजयी इनिङ्स खेलेका थिए । त्यसयता पाकिस्तानविरुद्ध शतक प्रहार गरे भने बंगलादेशविरुद्ध १ सय ४७ बलमा १ सय ६६ रन बनाए । यो विश्वकपमा अहिलेसम्मकै सर्वाधिक व्यक्तिगत स्कोर हो ।


म्याक्सवेलविरुद्ध बटलर : फिनिसर

इंग्ल्यान्डका जोस बटलर विश्वकपकै सबैभन्दा खतरनाक ब्याट्सम्यानमध्ये एक हुन् । उनको ब्याट चलेको दिन जस्तोसुकै खेलको नतिजा परिवर्तन गर्न सक्छन् । बटलरको शतकका बाबजुद इंग्ल्यान्डले पाकिस्तानसँग पराजय बेहोरेको थियो । उनले अफगानिस्तानविरुद्ध धेरै ओभर ब्याटिङ गर्न पाएनन् भने श्रीलंकाविरुद्ध सस्तैमा आउट भए । बटलरको स्ट्राइक रेट १ सय बलमा १ सय २० भन्दा धेरै छ । अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको स्ट्राइकर रेट १ सय २४ भन्दा अधिक छ ।


म्याक्सवेलले इंग्ल्यान्ड र वेल्समा जारी सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा आफ्नो क्षमताको झलक देखाइसकेका छन् । उनले श्रीलंकाविरुद्ध २५ बलमा ४६ रनको विष्फोटक इनिङ्स खेले र बंगलादेशबिरुद्धको खेलमा पनि त्यस्तै गरे । ४५ औं ओभरमा आएका उनले १० बलमा ३२ रन बनाएर दुर्भाग्यवश रनआउट सिकार बने । एकदिवसीय क्रिकेटमा एबी डी भिलियर्सले राखेको १६ बलमा अर्धशतकको कीर्तिमान तोड्न असफल बने ।


जाम्पाविरुद्ध रसिद : स्पिन आक्रमण

अनुकूल कन्डिसनको फाइदा उठाउँदै विश्वकपमा अहिलेसम्म तुलनात्मक रूपमा तीव्र बलरहरू हाबी भइरहेका छन् । प्रतियोगितामा १० विकेट लिएर दक्षिण अफ्रिकाका इमरान ताहिरले स्पिनरको नेतृत्व गरिरहेका छन् ।


इंग्ल्यान्डका अदिल रसिदले यस विश्वकपको सुरुआत सुस्त गरेका थिए । पछिल्लो २ खेलमा ५ विकेट लिनुमात्र होइन विपक्षी ब्याट्सम्यानलाई तर्साएर उनले आफ्नो क्षमता देखाइरहेका छन् । यी लेग स्पिनरले सन् २०१६ मा डेब्यू गरेयता अन्तर्राष्ट्रिय एकदिवसीयमा १ सय ३६ विकेट लिइसकेका छन् ।


अस्ट्रेलियाका लेग स्पिनर एडम जाम्पाले अस्ट्रेलियाका लागि ४ खेलमात्र खेलेका छन् । उनको प्रदर्शन ५–२३६ को आँकडामा निराशाजनक देखिन्छ । अस्ट्रेलियाका पूर्व कप्तान एलन बोर्डरले विश्वकपमा अहिलेसम्म अवसर नपाएका अफ स्पिनर नाथान लियोनलाई टिममा ल्याउनुपर्ने सुझाव दिएका छन् । तर जाम्पा विश्व क्रिकेटको ठूलो प्रतियोगितामा आफूलाई प्रमाणित गर्न उत्सुक हुनेछन् ।

प्रकाशित : असार १०, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?