वार्नरले मागे माफी

बीबीसी

नटिङघम — डेविड वार्नरले दुर्घटनावश टाउको फुटाइदिएकोमा आफ्नी आमासँग माफी मागेको जयकिसन प्लाहाले बताएका छन् । जुन ९ मा विश्वकप क्रिकेटमा भारतसँगको खेलअघि अस्ट्रेलियाली ब्याट्सम्यान वार्नरले नेट्समा प्रहार गरेको बलले बलर प्लाहाको टाउको फुटेको थियो । 

वार्नरले मागे माफी

पश्चिम लन्डनमा बस्ने २३ वर्षे प्लाहाले ओभलको उक्त घटनापछि तीन दिन अस्पतालमा बिताउनुपरेको थियो । उनलाई वार्नरले प्रहार गरेको बलले टाउको फुटेको समाचार विश्वव्यापी बनेको थियो । त्यसपछि उनलाई अमेरिकादेखि नेपालसम्मकाबाट स्वास्थ्यलाभको शुभकामना सन्देश आएको थियो ।


उनले आफूसँग वार्नरले माफी मागेको बीबीसी स्पोर्टसलाई बताए । प्लाहा स्थानीय क्रिकेटर हुन् । उनले वार्नरलाई अस्ट्रेलियाले श्रीलंकासँग खेल्नु अगाडि जुन १५ मा पुनः भेटेका थिए । भेटमा वार्नरले अस्ट्रेलियाली टोलीले हस्ताक्षर गरेको टी–सर्ट उपहारमा दिएका थिए । ‘जतिखेर बलले लाग्यो, कसैले पनि टाउको फुटेको भनेर थाहा पाएनन् । म क्यामराअगाडि केही भन्न चाहन्न थिएँ, त्यसैले उनको कानमा केही भनिदिएँ,’ प्लाहाले भने, ‘वार्नरले मेरी आमासँग पनि कुराकानी गरे र माफी मागे । मेरी आमाले उनलाई शुभकामना दिए ।’


ओस्टर्ली क्रिकेट क्लबबाट खेल्ने तीव्र गतिका बलर प्लाहा नियमित प्रशिक्षणमा छन् । उनले अन्तर्राष्ट्रिय टिम आउने गर्दा बलिङ गर्ने गरेका छन् । यसअघि उनले इंग्ल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तानका साथै इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सविरुद्ध पनि बलिङ गरेका थिए ।


‘त्यो फुल बल र इनस्विङगर थियो,’ प्लाहाले भने, ‘उनले त्यस्तो कडा हानेका पनि होइनन् तर त्यो ब्याटमा राम्रोसँग आएको थियो । त्यो मेरो फलो थ्रुमै आएको थियो । जति चाँडो त्यो बल मेरो नजिक आयो मैले त्यो आफ्नै अगाडि देखें । मैले त्यसलाई छल्न पनि खोजें किनभने त्यो मेरो आँखा वा कानमा आएर लाग्न सक्थ्यो । त्यो मेरो टाउकोको माथिल्लो भागमा लाग्यो र म लड्न पुगें । मैले त्यसपछि सम्झेको भनेको सबै मतिर जम्मा भइरहेको थिएँ ।’ उनले अगाडि भने, ‘म चेत नै थिएँ, त्यही भएर केही सम्झना छ । मैले तीनवटा डेविड वार्नर देखेको थिएँ । त्यही भएर केही गहिरो स्वास फेरें । मेरो हातमा रगत थियो, जसले गर्दा डर पनि लाग्यो । तर म सकारात्मक हुन खोजिरहेको थिएँ ।’

प्रकाशित : असार ६, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?